logo
  • सोमबार, असोज १२ २०८३

विकाशको स्मृतिमा साढे ५ लाखको कोष स्थापना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष १४ ।
इस्माली समाज काठमाण्डौको साधारण सभाकै अवसरमा इस्मा गाउँपालिका स्तरिय ‘विकास अर्याल स्मृति कोष’ स्थापना गरिएको छ । इश्मा गाउँपालिका ३ दर्लामचौरका विकाश अर्यालको ०७३ साउन २४ गते धादिङ्गमा सडक दुर्घटनामा परि निधन भएको थियो ।

दिवङ्गत विकाशकै सम्झनामा परिवारले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको स्मृति कोष स्थापना गरेको विकाशका दाजु कृष्ण अर्यालले बताए । यो कोषको व्याजबाट इस्माली समाजले सरकारी तथा सार्वजनिक निकाय, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, कला संस्कृति र समाज सेवाका विभिन्न पक्षको मुल्यांकन गरेर प्रत्येक विधामा समाजले निर्धारण गरेको पुरस्कार प्रमाणपत्र प्रदान गरिने अर्यालले बताए ।

गत बर्ष पनि विकाशको स्मृतिमा परिवारले सम्झनामा ४५ वटा घडि वितरण गरेको थियो । इस्मा गाउँपालिकाको कार्यालय, इस्मा स्वास्थ्यचौकी र गाउँपालिकाका सवै ४३ वटा बिद्यालयका लाई घडि वितरण गरेको अर्का दाजु सागर अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend