साझा नेटवर्क
बुटवल, पुष १३ ।
थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिको अयोजनामा थारु कल्याणकारिणी सभा महिला सभा सैनामैना गठन गरिएको छ । सैनामैना २ को उचाडिहाव थारु होमस्टेको हालमा आज बासेको एक भेलाले आशा थारुको अध्यक्षतामा ११ सदस्यीय थारु महिला सभा सैनामैना गठन गरिएको छ ।
जसको उपाध्यक्षमा सिता थारु, सचिवमा लक्ष्मी थारु, कोषध्यक्षामा धनमाया थारु, सहसचिवमा डिलावती थारु रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बसमती थारु, सरिता थारु, धनमन्ती थारु, आशारानी थारु, रहनुभएको छ भने बाकी तीन सदस्यीय कार्यसमितिले चायन गर्ने छ ।
कार्यक्रम थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिका सभापति दुल बहादुर थारुको अध्यक्षाता, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद खुशीराम चौधरीको प्रमुख अतिथ्यता, थारु कल्याणकारिणी महिला सभा जिल्ला कार्यसमिति सदस्य तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद पुनम चौधरीको विशिष्ट आतिथ्याता तथा थारु कल्याणकारिणी सभा युवा समितिका केन्द्रिय सदस्य राजकुमार चौधरी तथा थारु कल्याणकारिणी जिल्ला युवा सभाका हध्यक्ष माणिराम थारुको अतिथ्यात रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि खुशीराम चौधरीले थारु समुदायका युवा, महिलाहरुको नेतृत्व, व्यक्तित्व क्षमता विकास गर्नका लागि समिति गठन गरिएको बताउनु भयो । थारु जातिहरु एकरुपता हुना नसक्द कतै थारुको अस्तित्व नै गुम्ने होकि भन्ने चिन्ता व्यक्त गर्दै थारु संगठन गठन गरिएको बताउनु भयो ।
थारु संगठनहरुमा एकता भए मात्र थारुहरुले आÏनो हक अधिकार स्थापित हुने हुनाले आफ्नो पहिचान बचाउन युवा शक्तिहरु जोश जागरका लाग्न आग्रह गर्दै गठित समितिलाई सफलताको शुभकमना गर्नुभयो । यसैबीच थारु काल्यणकरिणी सभा सैनामैना नगर समितिले २०७५ खिचाडी माघी महोत्सव लाग्ने भएको छ । मनाउदै छ । आयोजक संस्थाले आज सैनामैना २ उचाडिहावा थारु होमस्टेको सभाहलका आज पत्रकार सम्मेलन गरि जनकारी गराएको छ।
यही पुष २६, २७ र २८ गते सैनामैना ४ को मुर्गियामा अवस्थित पर्रोहा उच्च मावि को खेल मैदानमा तीन दिन सम्म महोत्सव लाग्ने थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिका सभापति दुल बहादुर थारुका चौधरीले जानकारी दिए ।
महोत्सवमा थारु संस्कृतिक कार्यक्रम , थारु संस्कृतिक झल्किने भेषभुषा पाहिरन, साहित्यिक सम्मेलन, तथा रक्तदान कार्यक्रम, कुर्सी रेस, हण्डी फोर, टिकुली रेस प्रतियोगिता साथै मुख्य आकर्षकको रुपमा थारु खानपन रहने था.क.स .नगर सचिब चन्द्रमान चौधरीले बताउनुभयो ।
मेलामा एघरा वडा बाट एक एक वटा गरि ११ वटा थारु खानपनको स्टल रहने साथै मगर समुदायको खानपनको स्टल समेत रहने जानकारी दिए । मेला आयोजना गर्न कुल ३ लाख ५० हजार रुपैंयाँ खर्च अनुमान गरिएको जानकारी दिँदै चौधरीले कार्यmमका लागि नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको र अरु खर्च विभिन्न व्यक्तिहरु समुदायको सहयोगमा सञ्चालन गरिने जानकारी दिए ।
उक्त पत्रकार सम्मेलन थारु कल्याणकारी सभा सैनामैना नगर समितिका सभापति दुल बहादुर थारुको अध्यक्षता थारु कल्याणकारी सभा केन्द्रिय पर्षाद रामबाली थारु तथा थारु कल्याणकारी सभा केन्द्रिय पार्षाद खुसीराम चौधरीको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रम नगर समितिका सचिव चन्द्रमान चौधरीको सञ्चालनमा सम्पन्न् भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend