logo
  • सोमबार, असोज १२ २०८३

खेतमा सिँचाई गर्न हिडेका युवा मृत अवस्थामा भेटिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्युठान पुष १३ ।
प्युठानमा खेतमा पानी सिँचाई गर्न भनि घरदेखि निस्केका एक युवा मृत अवस्थामा भेटिएका छन । जिल्लाको गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ बर्षीया गणेश घर्ती खेत नजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ । मृत शव फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
बुधबार विहान ९ बजे खेतमा पानी हाल्न भनि हिडेका उनी साझ सम्म घर नफर्केपछी परिवारले खोजखबर गर्दा बिहिवार राती साढे एघार बजे खेतमा उनको शब भेटिएको थियो। घटनास्थल नजिक कोदालो भेटिएकाले उनको हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले आवाश्यक अनुसन्धान प्रक्रीया सुरु गरेको छ । मृतकको टाउकोमा गहिरो चोट भएकोले कोदालोले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख निर्मल वुढाथोकीले बताए । उनले भने,‐‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ । ’
शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल विजुवार ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend