साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष १२ ।
गुल्मीको इश्मा गाउँपालिकामा मात्रै करिव १० करोडको खानेपानी योजनाहरु संचालनमा रहेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहले संचालन गरेका खानेपानी योजनाहरुको काम द्रुत गतिमा सम्पन्न भए खानेपानीको लागि गाग्रो बोकेर पँधेरा धाउनु पर्दैन ।

इश्मा गाउँपालिकामा ५ नं प्रदेशबाट ढाँढ खोला–रामकोट लिफ्टिङ खानेपानी तथा खग्रेटा खानेपानी योजनाका लागि करिव चार करोड बिनियोजन भएको गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दास्रो चरणको सहयोगमा इस्मा गाउँपालिका ५ को रजस्थलमा ९६ लाखको चाँपटारी–दमार–रातामाटा लिफ्टिङ खानेपानी योजना भर्खरै सम्पन्न भएको छ । जुन योजनाबाट ७४ घरधुरी लाभाम्बित भएका छन् ।
परियोजनाकै सहयोगमा ६६ घरधुरीलाई खानेपानीको पहुँच पु¥याउन इश्मा गाउँपालिका ६ अम्मरपुरमा ४७ लाखको लागतमा चौरासी खानेपानी योजना संचालनको अन्तिम चरणमा रहेको इश्मा गाउँपालिकाको वास अधिकृत हरि प्रसाद घिमिरेले जानकारी दिए ।
साथै इश्मा गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ४ दोहलीमा ७६ लाखको लागतमा डोटेका रह लिफ्टिङ खानेपानी योजना निर्माण भैरहेको छ । योजना सम्पन्न भएपछि करिव चार सय घर परिवारलाई खानेपानी वितरण गर्न सकिने वडाध्यक्ष गनु प्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै ४५ लाखको आठमाने लिफ्टिङ खानेपानी र ४८ लाखको सिस्ने खोला–काफलका रुख खानेपानी योजना र अम्मरपुर खानेपानी योजना निर्माण भैरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँनै काकाकुल । बिस्तारा छोडेपछिको पहिलो काम नै खानेपानी । पिउनेदेखि गोठसम्मको लागि एक गाग्रोले पुग्दैन्थ्यो । उजुङबासीको लागि खानेपानी पुर्खेयौली समस्या हो । तर अहिले अवस्था फेरिएको छ ।
दुनदुरेखोला–उजुङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएसंगै घरघरमै खानेपानी वितरण थालिएको छ । ०७० सालबाट सुरु गरिएको दुनदुरेखोला–उजुङ्ग हर्पुकोट खानेपानी भर्खरै सकिएको छ ।
५ वर्षपछि गाउँमा पानी आउँदा खुसी नहुने कुरै भएन् । नेपाल सरकारबाट तीन करोड ६९ लाखको लागतमा योजना सम्पन्न भएको समितिका सचिव नारायण कुँवरले जानकारी दिए ।
‘अहिले अस्थायी रुपमा बितरण गरिरहेका छौ,’सचिव कुँवरले भने, ‘केही दिनमै घरघरमा वितरण गर्ने योजना छ ।’ खानेपानीका लागि स्थानीय दुई सय २७ जना सदस्य बनेको सचिव कुँवरले बताए ।
पानी पिउनको लागि प्रतिव्यक्ति तीन हजार ५५ रुपैयाँ लाग्ने दुनदुरेखोला–उजुङ्ग–हर्पुकोट खानेपानी समितिका अध्यक्ष बैकुण्ठ कुँवरले बताए । समितिका अनुसार ‘एक घर एक धारा’ अनुसारनै मिटर सिस्टमले खानेपानी बितरण गरिने छ ।
यो योजना मार्फत करिब सात सय घर परिवारलाई खानेपानी पुग्ने अपेक्षा समितिको रहेको छ । त्यति तलबाट गाउँमा पानी आउला भन्ने कल्पना समेत नगरेको स्थानीय अर्जुन कुँवरले बताए ।
इश्मा गाउँपालिकाले ‘एक घर एक धारा’ अभियान संचालन गरेको छ । अहिले संचालनमा रहेका सवै खानेपानी योजना सम्पन्न भए सवैको घरमा धारा पु¥याउन सकिने गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।
जसका लागि आफुहरुको प्रथामिकतामा खानेपानी परिरहेको खत्रीको भनाई छ । उनले गत बर्ष र अहिले मात्रै पाँचदेखि सात करोडसम्मका साना ठुलो लिफ्टिङ खानेपानी निर्माण तथा मर्मतको काम भइरहेकाले बताइन् ।
‘हाम्रै कार्यकालमा सवै इश्माका नागरिकलाई खानेपानीको सहज पहुँच स्थापित गर्छौ, खत्री भनिन् ,‘खानेपानी समस्या प्रति तीन तहकै सरकार गम्भिर छौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend