साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी पुष १० ।
महेन्द्र आदर्श माबि मुनपा ७ वामीले आफ्नो ६० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरेको हीरक महोत्सबक तथा सप्ताह ज्ञान महायज्ञको दुइ महिना अगावै १ करोड ३५ लाख रकम संकलन भएको छ । मँगलबार मात्रै महोत्सबको लागि ६८ लाख रकम संकलन भएको छ ।
महोत्सबको लागि गठन गरीएको कार्यकारीणि समितिका सदस्यहरुले आजको बैठकको अवसरमा ६८ लाख बराबरको चन्दा रकम बोल गरेका हुन् । जस अन्तर्गत एकै ब्यक्तिले ५५ लाख रुपैया सम्म प्रदान गरेका छन् । सो रकम प्रदान गर्ने ब्यक्तिको नाम भने केही समय पछि आधिकारीक रुपमा घोषणा तथा सार्वजनिक गरीने मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
मुसिकोट नगरपालिकाले दिएको ५० लाख र बाँकी सहयोगदाताहरुको ८५ लाख रुपैया गरी १ करोड ३५ लाख रकम संकलन भएको हो । महोत्सबमा ५ करोड रकम संकलन गर्ने लक्ष्य राखीएको छ । सो रकम बाट बिद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गरीने छ ।
महोत्सब तथा धान्याञ्चलको प्रचार प्रसारको कार्यलाइ तिव्र बनाइदै छ । प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएको साथै अहिलेको शिक्षा ब्यवहारीक नभएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो ।
हालसम्म महोत्सब तथा महायज्ञको निम्ती करिब ४० वटा मुल समिति र उपसमितिहरु गठन भएका छन् । सो महायज्ञमा प्रमुख बाचकको रुपमा भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमलाइ चयन गरीएको मुल आयोजक समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
त्यसैगरी महोत्सबमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपि शर्मा ओलीलाइ ल्याउने गरी तैयारी पनि थालिएको छ । महोत्सबको प्रचार प्रसारको लागि निमन्त्रण कार्ड साथै ब्रोसर, पम्प्लेट, होर्डिङ्ग बोर्ड, स्टीकरहरु तयार भइ पर्याप्त प्रचारको काम पनि थालीएका बिद्यालयका प्रअ बुद्धि प्रसाद शर्माले बताए ।
महोत्सबमा सहयोग गर्ने सहयोगीहरुलाइ उहाँहरुको सहयोग राशी अनुसार सम्मान गरीने छ । जस अन्तर्गत ५५ लाख भन्दा माथि सहयोग गर्ने दातालाइ बिद्यालयको बाटीकामा दानवीर वा दानवीरले इच्छाएको ब्यक्तिको पुर्णकदको शालिक निर्माण गर्ने जनाएको छ ।
त्यसैगरी ४० लाख देखी ५५ लाख सम्म सहयोग गर्ने दाताको परिवारका ४ सदस्यलाइ हेलिकप्टरबाट नगरपरिक्रमा गराइ मञ्चमा ल्याइ सम्मान गर्ने, बिद्यालयमा दानवीर वा इच्छाएको ब्यक्तिको अर्धकदको शालिक निर्माण गरीने लगायतका सम्मान प्रदान गरीने बिद्यालयले जनाएको छ । त्यसैगरी अन्य राशीअनुसारका सम्मानको ब्यबस्था गरीएको छ ।
बिद्यालयले आगामी फाल्गुण १३ गतेदेखी २० गतेसम्म हीरक महोत्सब आयोजना गरेको छ । र सबैलाइ सहयोग गर्न पनि आग्रह गरेको छ । बिद्यालयले महोत्सबको लागि करिब ५ हजार निमन्त्रणा कार्ड बाँड्ने तथा बिभिन्न मिडिया, सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने भएको छ ।
हाल कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेको बिद्यालयले छुट्टै भवनमा अँग्रेजी माध्यमको कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । निकट भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने ध्येयका साथ यस बिद्यालयको सम्पुर्ण टिम, तथा अन्य सरोकारवाला शिक्षाप्रेमी बिद्यालयप्रेमीहरु लागि परेका छन् ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend