साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ९ ।
गण्डकी प्रदेशका भौीतक पूर्वाधार विकास मन्त्रि रामशरण वस्नेतले भ्रष्टचार समाजको कलंक भएको भन्दै भ्रष्टचार विरुद्ध सामाजिक आन्दोलन सुरु गर्न आह्वान गर्नुभएको छ। सोमवार त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङ, बागलुङको ५९औं वार्षिकोत्सव तथा ४ कोठे भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रि वस्नेतले सो कुरा वताउनु भएको हो।
उपयुक्त शिक्षा विना मुलुकको रुपान्तरण सम्भव नभएको भन्दै मन्त्रि वस्नेतले प्राविधिक शिक्षा मार्फत देश परिवर्तन गर्न सकिने भएकोले प्रदेश सरकार पूर्ण रुपमा त्यसतर्फ ध्यान केन्द्रित गरेको वताउनु भएको छ। प्राविधिक धार संचालन गर्ने विद्यालयलाई प्रदेश सरकारले विशेष सहयोग गर्ने भन्दै मन्त्रि वस्नेतले गाउँगाउँवाट प्राविधिक उत्पादन गरि काममा लगाउन सक्नुपर्ने वताउनु भएको छ।
गण्डकी प्रदेशका प्रवक्ता समेत रहनुभएका मन्त्रि वस्नेतले यो वर्ष प्रदेश सरकार मार्फत ४ सय मोडल कृषि फर्म तयार हुन लागेको, उद्यम गर्न चाहने युवालाई १० लाख देखि ५० लाख सम्म अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभएको थियो।
स्थानिय सरकारले स्थानिय उत्पादनलाई वृद्धि गर्ने कार्यक्रम ल्याउन आग्रह गर्दै उहाँले उत्पादनमा वृद्धि गरि आत्मनिर्भर हुँदै सम्वृद्धिमा जाने योजना रहेको वताउनु भएको छ। गण्डकी प्रदेशको पहिलो श्रोत पर्यटन भएको, र त्यस वाहेक जलविद्युत, औधोगिकरण को विकास गर्दै ५ वर्षमा प्रतिव्यक्तिआय २५ सय डलर पुर्याउने घोषणा गर्नुभएको छ।
मन्त्रि वस्नेतले आन्दोलनरत कर्मचारीहरु प्रति लक्षित गर्दै आन्दोलन छोडेर संवादमा आउन र सम्बृद्धिको यात्रामा सहयोग गर्न आह्वान गर्नुभएको थियो। निर्मला हत्या काण्डको समेत भ्रत्सना गर्न भ्याउनुभएका मन्त्रि वस्नेतले गण्डकी प्रदेश भित्र यस वर्ष भएका हिंसाका घटनाका सवै अपराधि जेल चलान भएको वताउनु भएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले भोलिका कर्णधार विद्यार्थीको सुखद भविश्य र देशको समृद्धिको लागि शिक्षा निति नै परिवर्तन गर्नुपर्ने र त्यस तर्फ सरकार लागिरहेको वताउनु भएको थियो।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका जिल्ला नेता कृष्ण पाठक, रुद्रावति वहुमुखि क्याम्पस वामी टक्सारका क्याम्पस प्रमुख रामु तिवारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव तथा भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल, विद्यालय व्यावस्थापन समितिका सदस्य होसियारसिंह थापा, महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले गत वर्षको प्रगती तथा आर्थिक र भावि कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सरस्वती पुजामा पण्डीत चुमाकान्त पोखरेलले मन्त्रोउच्चारण गर्नुभएको थियो।
३ दिन सम्म चल्ने पहिलो दिनको कार्यक्रम अन्तर्गत पिटि प्रदर्शन, सटफुट प्रतियोगीता, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता लगाएतका कार्यक्रम सम्पन्न भएका छन्।
अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगीतामा जनज्योती मावि पौदी अरेवा प्रथम, त्रिभुवन मावि खर्वाङ द्धितिय तथा पौंदिटारी आधारभुत विद्यालय ग्वालीचौर तृतिय भएका छन्। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्ण प्रसाद भुसालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
मंगलवार भलिवल, आइडल, वक्तृत्वकला, हाजिरिजवाफ, रेकर्ड नृत्य लगाएतका प्रतियोगितात्मक कार्यक्रम संचालन हुने विद्यालयले जनाएको छ।










© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend