logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियामा मृत्यू भएका नेपालीको पहिचान खुल्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम विष्ट, रोल्पा पुष ८ ।
मलेसिया रोजगारमा रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका ८ अरेस धाराखर्कका रमेश पुनको शनिबार दिउसो मृत्यु भएको छ । मलेसियाको सिलाङगर मेरु जलान कापकोटमा उनको मृत्य भएको हो । अवैधानिक रुपमा कामगर्दै आएका पुन अस्थाई रुम लिएर बस्दै आएका थिए । पुन केहि समय देखि बिरामी भएको उनि नजिक रहेका समिर राहु मगरले बताए । पुनको शव बेवारिसे अबस्थामा रहेको थियो ।

शव निरक्षणका लागि आएको स्थानीय प्रहरीले पुन संग कुनै कागजात नभेटेपछि फर्किएको थियो र आजको दिनभरमा मृतकको आफन्त सङ सम्पर्क गर्न नगरेको खण्डमा शवलाइ अन्यत्र फाली दिने भनेपछि उद्धारको लागी त्यहाबाट समिर राहुले गणेश बिष्ट त्यस्तै चेतमान बुढाथोकीलाइ अनुरोध गर्दै यो म्यासेज चोम बिष्टलाइ पनि त्यहा रहेका स्थानीय जनप्रतिनिधिलाइ सम्पर्क गर्ने कुरा हुदै समाजिक संजालमा सेर भएको थियो।

केहि दिन अगाडि रोल्पा मिझिङ बाग्मा घर भएको बताएको आधारमा समाजिक संजाल फेसबुक मार्फत खोजी भएको थियो खोजी सम्पर्क भए लग्तै मिझिङ बाग्मामा रमेश नाम र फोटो नमिलेपछि झनै खोजी कार्य बढिरहेको थियो । केहि समयमा मिझिङ बाग्मा नभैइ अरेश धाराखर्क रमेश पुन बताए लग्तै त्यहा रहेका चित्र रोका मगर,धनराज रोका,रामप्रसाद गौतम, गन्ज बहादुर क्षेत्री,मानसिङ पुन, बालकृष्ण सुबेधी, गेहराज घर्ती, सेरचन महरा फेसबुकको विभिन्न सेर पोस्ट कमेन्टस हुदै उहाकै आफन्त भरत पुन मगर पुनको बुवा संग सम्पर्कको लागी अगाडि बढेको थियो।

पुनका बुवा खैलाल पुन र आमा भाइरथी पुनका कान्छा छोरा हुन उनि ५ वर्ष देखी मलेसिया रहेको काबेलि म्यानपावर बाट मलेसियाको बिएचएचबि कम्पनीमा गएको ५/६ महिनामै कम्पनी छोडी हालसम्म अवैधानिक रूपमा काम गर्दै आइरहेको थिए । पुन भदौ महिना देखी यता कुनै पनि माध्यममा सम्पर्क नआएको उनका बुवाले बताए । शव दुर्गन्धित हुन थालेपछि पुनः प्रहरीले उठाएको जनाइएको छ ।

घरमा बाबा र आमा कान्छो छोरा रमेश पुनको आड भरोसामा बस्दै आएका थिए । उनका ३ दिदिहरु र एक बहिनी एक दाजु छन । पारिवारिक स्थिति दयनीय रहेको छ । उनकै भरमा रहेका बुवा आमाले छोराको निधन भएको खबर सुनेपछि स्तब्ध भए संगै आवश्यक सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend