logo
  • सोमबार, असोज १२ २०८३

फरार अपराधी तिन बर्षपछि पक्राउ

यस आर्थिक बर्षमा ६ फरार अपराधी पक्राउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष ८ ।
गुल्मी जिल्ला प्रहरी कार्यालय गुल्मीले ‘फैसला कार्यान्वय अभियान’ कार्यक्रमलाई सक्रिय बनाएको छ । जसअन्तरगत उसले जिल्लाको मुसिकोट नगरपालिकाबाट फरार अपराधी पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ बस्ने ‘गुन्टे’ भनेर चिनिने ३३ बर्षिया राजबहादुर कुमाललाई पक्राउ गरेको हो ।

उनलाई जबरजस्तिकरणीको मुद्धामा २०७२ सात जेठ ७ गते आठ बर्षको कैद फैसला भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र खड्काले जानकारी दिए । उनलाई स्थानीय एक महिलालाई जबरजस्तिकरणी गरेको आरोप लागेको छ । आइतबार नै उनलाई जिल्ला कारागार गुल्मी पठाइएको खड्काले बताए ।

वामिमै घुमफिर गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यो आर्थिक बर्षमा जिल्ला प्रहरीले ६ जना फरार अफराधी पक्राउ गरिसकेको छ । गत भदौ २ गते रेसुङ्गा नगरपालिका १० का ३८ बर्षिया घनश्याम अर्याल पक्राउ परे । उनलाई स्थानीय दिपक न्यौपानेको ७४ लाख ५० हजार ठगि गरेको आरोप छ ।

२०७५ साउन १४ देखि फरार अर्याललाई दुई बर्ष कैद र ७४ लाख ५० हजार जरिवाना फैसला गरिएको छ । उनी अहिले कारागारमा छन् । असौज १० गते जबरजस्तिकरणीकै मुद्धामा रुरु गाउँपालिका ३ का विनोद श्रेष्ठ पक्राउ परे । उनी २०७० पौष १५ बाट फरार थिए । उनलाई छ बर्ष कैद र २५ हजार जरिवाना फैसला गरिएको थियो ।

उनलाई घरमै बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी हवल्दार यम खत्रीले जानकारी दिए । इश्मा गाउँपालिका ६ अमरपुरका सुनिता कुमाललाई प्रहरीले गत कार्तिक १६ गते पक्राउ ग¥र्यो । उनलाई गालिबेइज्जती मुद्धामा ५०० रुपँैया जरिवाना फैसला भएको थियो ।

उनी २०७२ सात असौज २७ गतेदेखि फरार थिइन् । जिल्ला प्रहरीको फरार सूचिमा जबरजस्तिकरणी र ठगि मुद्धा मात्र होइन, समयमै धरौटी नतिर्ने ब्यक्ति पनि परेका छन् । जसअनुसार हालसम्म प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

इश्मा गाउँपालिका ४ का माया सुनारलाई प्रहरीले गत कार्तिक १५ गते पक्राउ ग¥र्यो । सम्बन्ध विच्छेदको मुद्धामा धरौटी नतिरेर सुनार २०६० साल भदौ १८ गतेदेखि फरार थिइन् । उनलाई एक हजार २५० धरौटी जरिवाना लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्पेक्टर खड्काले बताए ।

त्यसतै इश्मा गाउँपालिका ४ कै देवकला अधिकारी पनि छ बर्षपछि पक्राउ परिन् । सम्बन्ध विच्छेदको मुद्धामा उनी २०६९ भदौ ५ गतेदेखि फरार थिइन् । उनी पनि अदालतले फैसला गरेको एक हजार २५० जरिवानामा छुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend