साझा नेटवर्क
काठमान्डौ, पुष ७ ।
साहित्यकार प्रेमा शाहको वार्षिक पुण्य तीथिको अवसरमा विहिवार राजधानीमा सम्झना गरीएको छ। राजधानिस्थत होटल अन्नपुर्णमा उनकी छोरी तथा अभिनेत्री जल शाहले आयोजना गरेको कार्यक्रममा उनको सम्झना गरीएको हो ।

समारोहमा उनकी नातीनी कलश रिमाल, ज्वाई शरदकुमार रीमालको साथमा विभिन्न साहित्यकारहरुले उनको तस्विरमा माल्र्यापण गर्दै एक मिनेट मौन धारण गरेका थिए। आफ्नी आमाको सम्झनामा अभिनेत्री जल भावविह्वल हुन पुगेकी थिईन भने उपस्थित व्यक्तिहरुले पनि आसु रोक्न सकेका थिएनन्।
कार्यक्रमलाई सम्झने क्रममा जल भक्कानिएर एक मिनेट पनि बोल्न सकिनन्। स्ट्रङ हुन्छु भन्ठानेको थिएँ, सकिन उनले भनिन्। कार्यक्रममा प्रेमाको जीवनीमा आधारीत एक अडीयो भिडियो प्रस्तुत गरीएको थियो । जसमा उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वहरुले उनको बारेमा बोलेका थिए।
प्राध्यापक डा. वासुदेव त्रिपाठीको अनुसार अकस्मात उदाएकी प्रेमा शाह त्यस बेलाकी एउटी शशक्त र अजर अमर साधक थिईन्। प्रेम र वासनालाई शालिन र शिष्ट किसिमले व्यक्त गर्थिन्। विद्रोही प्राज्ञ प्रेमा शाह नामक जीवनीसमेत लेखेका साहित्यकार नरेन्द्रराज प्रसाईका अनुसार प्रेमा शाह नेपालमा जन्मनु जियोग्राफिकल मिस्टेक हो। बौद्धिकताकी धनी प्रेमा शाहलाई आफुले सेन्टिमेन्टल क्विन नामाकरण गरेका बताए।
२००१ सालमा विरगंजको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि सशक्तरुपमा नेपाली साहित्यमा उदाएकी थिईन भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको थियो। आफनो जीवनमा उनले धेरै समय शिक्षण पेसालाई अंगालेकी थिईन्।
साहित्यकार काशीनाथ टमोटका अनुसार नेवारी साहित्यमा पनि उत्तिकै अब्बल थिईन्। उनले २०१७ सालमा प्रश्न चिन्ह नामक कथा लेखेर अन्तर कलेज नेपाल भाषा साहित्य सम्मेलनमा भाग लिँदा उनी पहिलो भएकी थिईन्। जबकि नेवारी साहित्यमा दख्खल भएका साहित्यकार मथुराकृष्ण सायमी दोस्रो भएका थिए।
यसले मलाई निकै अचम्म लागेको थियो। साहित्यमा लागेर उहाँले आफ्नो फाईदाको मतलव गर्नुभएन केवल आफुलाई मन लागेको कुरा भित्री हृदयदेखी लेख्नु भयो। उहाँको शब्द चयन निकै राम्रो थियो। जुन शैली नेपालीमा बालकृष्ण समको मात्र छ उनले भने।
साहित्यकार डा. महादेव अवस्थिका अनुसार प्रेमाले त्यस बेला मानिसको मनको कुण्ठाको रुपमा रहने यौनका कुुरालाई मर्यादित रुपमा साहित्यमा खुला रुपमा प्रस्तुत गर्थिन।
यौनका कुरालाई कलात्मक ढंगले व्यक्त गर्ने कुशल साहित्य श्रष्टाको रुपमा मैले उहाँलाई चिन्छु। उहाँका पछिल्ला रचनाहरुमा अस्तित्ववादी जीवन दृष्टि पाईन्छ। साहित्यकार ईन्दिरा प्रसाईका अनुसार नाम हटाएर पाठकले पढ्दा लेखक चिन्ने विषेशता प्रेमाका साहित्यमा रहेका छन्।
कथा संग्रह पहेलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरु मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, ईन्द्र धनु्ष, रंगीचंगी कथाहरु, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरु मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गिती संग्रह भाग १ र २ आदी उनको प्रकाशित कृती हुन्।
निर्देशक तथा गीत्कार यादव खरेलका अनुसार प्रेमा शाहको जीवनको सपना भनेको आफ्नी छोरी तथा अभिनेत्री जल शाहको सफलता रहेको थियो। कुनै पनि महिला आमा बन्न सक्छ। तर सबै आमा गार्जेन बन्न सक्दैन। तर प्रेमा जलको आमा र गार्जेन दुवै हुनुहुन्थो। प्रेमाले बाल साहित्य पनि धेरै लेख्नु भयो तर यौन साहित्यमा मात्र फोकस गरियो।
साहित्यकार डा ध्रुवचन्द्र गौतमका अनुसार नेपाली साहित्यमा प्रेमाको लेखनलाई आलोचना गर्नेहरु पनि प्रशस्त थिए। तर मेरो दृष्टिमा उहाँले लेख्नु भएका यौन कथाहरु धेरै उच्च कोटीका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक कथाको ईतिहास हेर्दा एक ठाउमा आएर प्रेमा शाहमा आएर अडीनै पर्छ।
विद्रोही स्वभावकी प्रेमाको लेखनलाई त्यस समयमा उनकै परीवारले पनि बुझ्न नसकेको जलका मामा सुवर्ण श्रेत्रीले बताए। मरणोपरान्त उहाको बारेमा लेखहरु आउन थालेपछि मात्र मैले पनि पहेलो गुलाफ जस्ता कृतिहरु पढ्न थालेपछि उहाँ अनौठो किसिमको मान्छे नभएर हामी पो अबुझ किसिमको मान्छे रहेछौ भन्ने लाग्यो। उनले भने। साहित्यकार तथा संगीतकार हिरण्य भोजपुरेले प्रेमाले लेखेका गीत सुनाएका थिए।
उनकी नातीनी कलश रीमालले भावविह्व हुदै आफ्नी हजुर आमाले आफुलाई निकै माया गर्ने र आफु नेपाल आउँदा हजुरआमा अमेरीकामा भएको र आफु अमेरीकामा हुदा नेपालमा भएको जस्तो लाग्ने बताईन्। मलाई उहाको बारेमा किताब लेख्न मन छ। मैले एक पटक उहाँको पहेलो गुलाब कपी गरेर नीलो गुलाब लेख्न खोजेको पनि थिए।
लास्ट टाईम हस्पिटलमा भेट्दा म तिम्रो काखमा मर्न चाहन्छु भन्नु भएको थियो। आमालाई नदेखेको मात्र हो तर यहि हुनुहुन्छ जस्तो लाग्छ। उनले यसो भनीरहेको भीडीयो हेर्दा सबैको आखा आसुले भरीएका थिए। एउटी अवोध बालिकाबाट आएका भावनाले हल आंशुमय हुन पुगेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend