logo
  • सोमबार, असोज १२ २०८३

किसानलाई कृषिमा आकर्षित गर्दै स्थानीय तह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष ७।
बुबाले खेतला नपाउने छोराले जागीर । पहाडी जिल्लाका खेतबारीमा अहिले दुम्पाती उम्रिएका छन् । पासपोर्ट बोकेर परदेशबाटै समृद्धि देखेका युवाहरुको त्रिभुवन विमानस्थलमा दैनिक लाइन छ । यो अवस्थाको अन्त्य कृषि पर्यटन र उद्योगबाट मात्रै सम्भव छ ।

जसका कारण गुल्मीका स्थानीय तहहरुले किसानलाई कृषिमा आकर्षित गर्न नयाँ–नयाँ कार्यक्रम र बजेट ल्याएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधि, उत्पादनमा आधारित अनुदान, गाडी लगायतका सुविधा स्थानीय तहहरुले अगाडी बढाएका छन् ।

५० प्रतिशत अनुदानमा किसानलाई जिप र हाते ट्याक्टर

जिल्लाको सत्यवती गाउँपालिकाले दुर्गम गाउँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि गाडी खरिद गरेर किसानहरुलाई हस्तान्तरण गरेको छ । सत्यवती गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँ वडा नम्बर ३ को ठुलो लुम्पेकका किसानलाई १२ लाख ५० हजारमा नयाँ गाडी प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

गाडी नभएका कारणं किसानको उत्पादन त्यतिकै खेर जान नदिन ५० प्रतिशत अनुदानमा किसानलाई गाडी प्रदान गरेको गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । त्यस्तै ५० प्रतिशत अनुदानमा विभिन्न समुह तथा व्यावसायीक कृषकहरुलाई ६१ थान हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले गत बर्ष २९ हाते ट्याक्टर वितरण गरेको थियो । अहिले तीन हाते ट्याक्टर, १० पलाष्टिक पोखरी र ५५ टर्नेल वितरण गर्ने योजना रहेको छ । त्यस्तै मुसिकोट नगरपालिकाले पनि ५० प्रतिशत अनुदानमा नौ हाते ट्याक्टर वितरण गरेको छ ।

उत्पादनमा आधारित अनुदान र बजार ग्यारेण्टी

अहिले गुल्मीका विभिन्न स्थानीय तहले उत्पादनमा आधारित अनुदानलाई बिशेष प्राथमिकताका साथ अगाडी बढाएका छन् । गुल्मीमा सवैभन्दा पहिला धुर्कोट गाउ“पालिकाले यो कार्यक्रम अगाडी बढाएको थियो ।

गाउँपालिकाले बर्षमा तीन भन्दा बढी खसीबोका उत्पादन गरी जिउ“दो विक्रि गर्नेलाई प्रति केजी २५ रुपैंया, वार्षिक एक सय लेयर्स र १० लोकल कुखुरा पालेर व्यवसायीक अण्डा उत्पादन गर्नेलाई प्रति अण्डा दुई रुपैंया, मासिक ५० लिटर भन्दा बढी दुध उत्पादन गरेर विक्रि गर्ने किसानलाई प्रति लिटर पाँच रुपैंया थप रकम गाउ“पालिकाबाट उपलब्ध हुने गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

त्यस्तै मुसिकोट नगरपालिकाले किसानको उत्पादनलाई बजारको ग्यारेन्टी गरेको छ । किसानले उत्पादन गरेको उत्पादित बस्तु नगरपालिकाले तोकेको मुल्यमा बिक्री नभए त्यसको रकम नगरपालिकाले कृषकलाई प्रदान गर्ने मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

त्यस्तै नगरपालिकाले एक सय कफिको बोट रोपे १० हजार र तीन रोपनीमा एकै जातका फलफुल रोपे प्रतिबोट डेढ सयको नगरपालिकाले उपलब्ध गराउने मेयर सापकोटाले बताए ।

रेसुङ्गा नगरका १४ सय बाख्रा बिमा गरिदै

जिल्लाको रेसुङ्गा नगरपालिकाले १४ वडाका १४ सय बाख्राको बिमा गर्ने कार्यक्रम अगाडी बढाएको छ । अहिले रेसुङ्गा नगरपालिका ११ बाट बिमा कार्यक्रम शुरु भएको छ । नगरपालिकाले किसानले बिमा गरे बापतको बिमित रकम नगरपालिकाले व्यहोर्ने रेसुङ्गा नगरपालिकाका पशु स्वास्थ्य संयोजक पशुपति मरासिनीले बताए ।

किसानको बाख्राका कानमा बिमाको ट्याग लगाएर यो कार्यक्रमको नगरपालिकाका मेयर डिल्लीराज भुसालले शुरु गरे । अहिलेसम्म १५२ बाख्राको बिमा गरिसकिएको संयोजक मरासिनीले बताए । त्यस्तै मदाने गाउँपालिकाले वडा नम्बर ५ भनभनेमा उन्नत जातका १० भैँसि किसानलाई प्रदान गरेको सुचना अधिकारी ऋषि पन्थीले जानकारी दिए ।

इश्मा गाउँपालिकाले गत बर्ष गाउँपालिकाका सवै वडामा उन्नत जातका पाडा र चार वडामा उन्नत जातका बोका वितरण गरेको थियो । भने यो बर्ष सवै वडामा बयर बोका वितरण गर्ने कार्यक्रम रहेको पशु शाखा प्रमुख तुल्सी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend