साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
“प्रबासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी राष्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो ।
म्याग्दी जिल्लामा जन्मनु भएका तर कतारमा रहदा मोना कतारमा रही २०१२ देखि आफनो योगदान दिदै आउनु भएका म्याग्दी जिल्ला रघुगंगा गाउपालिका पिप्ले निवासी मोना कतारक प्रमुख सल्लाहकार हिमाल सुबेदीले कतार बसाइलाई बिट मार्दै स्वदेश फर्किनु भएको छ ।
मोना कतारले उहाको सम्मानार्थ एक बिदाइ कार्यक्रमको आयोजना गरि दोसल्ला तथा आजिबन सदस्यको सम्मान पत्रले सम्मान गरि बिदाइ गरेको छ । गएको बिहिबार साझ दोहाका नज्मामा युनिक रेस्टुरेन्ट आयोजित कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मोना केन्द्रका उपाध्यक्ष तथा मोना कतारका सस्थापक प्रेम रसाइली हुनुभयको थियो । बिसेष अतिथिमा मोना केन्द्रको सचिब बिक्रम कार्की, मोना केन्द्रका सदस्य नरेन्द्र फगामी रहनु भयको थियो ।
मोना कतारका केन्द्रिय समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा सस्थाका बरिस्ठ उपाध्यक्ष तिलु शर्मा पौडेलले स्वागत गर्दै सुबेदीले आफुलाई सस्थामा आउनको लागि प्ररणा दिनु भयको र उहाको यो गुन आफुले कैले नबिर्सने बताउनु भयो ।
त्यस्तै बिक्रम कार्कीले कतारमा सिकेको सिपलाई नेपालमा सदुपयोग गर्न अनुरोध गर्नु भयको थियो । साथै सस्थामा गरेको योगदान सधै जिबन्त रहने र आफुले एक कुसल साथिलाइ दोहामा गुमाउनु पर्दा पिडा बोध भएको बताउनु भयो । बोल्ने क्रममा प्रेम रसाइलीले जहाँ रहे पनि मोना कतारलाइ कैले नबिर्सनु होला र अरुलाई पनि मोनाको बारेमा बताइदीनुहोला भन्नु भएको थियो ।
बिदाई कार्यक्रम बोल्दै सुबेदीले आफुले कतारमा रहदा सिकेको सिपलाइ सदुपयोग गर्दै नेपालमा नै केहि व्यवसाय गरेर बस्नी जनाउनु भएको थियो । साथै उक्त कार्यकर्ममा बोल्ने अधिकांश साथिहरुले सुबेदीको बाकि जिबन सहज र सुखमय बितोस भन्दै भाबुक मुद्रामा शुभकामना प्रकट गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले सुबेदीको जिबनमा सधै खुसि मिलोस र मोना कतारलाई उच्च योगदान पुर्याउनु भएको भन्दै हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापान गर्नु भएको थियो । कार्यक्रम सस्थाका महासचिब राजु पौडेलले सन्चालन गर्नुभएको थियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend