साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष ३।
इश्मा गाउँपालिकाले हस्तिचौर प्रहरीचौकीलाई मोटरसाइकल प्रदान गरेको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले इश्मा प्रहरीचौकीका इन्चार्ज बिजय पाल तिवारी मार्फत हस्तिचौर प्रहरीचौकीलाई मोटरसाइकल प्रदान गरिएको हो । जुनसुकै घटनामा पनि प्रहरीको सेवा छिटो छरितो चाहिने भएकाले चौकीलाई मोटरसाइकल प्रदान गरिएको गाउपालिका प्रमुख बिष्टले बताए ।
इस्मा गाउँपालिकाद्वारा लु १ ब १०७५ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल प्रदान गरिएको हो । गाउँपालिकाले प्रहरीको भुगोल मर्का बुझेर सवारी साधन प्रदान गरेकोमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले धन्यबाद व्यक्त गरे ।
उनले यो कार्यले प्रहरीमा थप हौसला र सेवा प्रवाहमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । गाउँपालिका उपप्रमुख बिमला खत्रीले सामाजिक संजालहरुमा केहि नकरात्मक टिका टिप्पणी आए पनि प्रहरी मार्फत जनताका कामलाई थप प्रभावकारी बनाउन आफुले पाएको सुविधा प्रहरीलाई दिएको बताइन् ।
‘प्रहरीको कार्यक्षेत्र ठुलो जनशक्ति र साधन कम भएकाले भनेको बेलामा सेवा पाउन नागरिकलाई नै मुस्किल छ,’उनले भनिन,‘यो कामले प्रहरीको सेवा प्रबाह थप चुस्त बन्ने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend