साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष २ ।
गायिक मञ्जु पौडेललाई गायक पशुपति शर्मासँग भेट्न गाह्रो भएको छ । र माया प्रेम बसी सकेपछि एक आपसमा भेट्न बोल्न गाह्रो भएको कथा बस्तुमा तयार गीतमा मञ्जुलाई पशुपतिसँग भेटन गाह्रो भएको हो ।
कहि कतै थाहा पाए झनै गाह्रो हुन्छ माया गुपचुपमा राख्नु पर्छ भन्ने भावमा तयार भएको गीतमा दुबै गायक गायिकालाई भेट्न गाह्रो भएको कथामा तयार गरिएको सार्बजनिक भएको छ । लोक तथा दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेका गायक पशुपति शर्मा र मञ्जु पौडेलले हालै नयाँ गीत सार्बजनिक गरेका छन् ।
गायक गायिका शर्मा र पौडेलले ‘गाह्रो हुन्छ फेरी’ बोलको गीत बजारमा ल्याएका छन् । माया प्रेमको मिठो कथा बस्तुमा सबैलाई प्रेमको खास स्वाद दिनको लागी यो गीतले प्रयास गरेको गायिक पौडेलले बताइन् । माया प्रेममा भएका बास्ताबिक छेड र भेटन र बोल्न गाह्रो भएको कथा बस्तुमा गीत तयार भएकाले धेरै माया प्रेमीहरुको मन जित्ने उनले बताइन् ।
युवा पिडिलाई लक्षित गरि सार्बजनिक गीतमो गीतमा माया प्रेमका बस्ताबिकतालाई औलाइएको गायिका पौडेलले बताइन् ।गीतमा सङ्गीतकार अर्जुन पोखरेलले संगीत र यादव लम्सालको शब्द रहेको छ । गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend