logo
  • शनिबार, साउन ९ २०८३

बिष्णु माझीको स्वरमा अहिले सम्मकै दर्दनाक भिडियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेट्वोर्क, बुटवल पुष २।
लोक दोहोरि क्षेत्रमा पछील्लो समयमा फरक किसिमका गीत संगीत बजारमा ल्याउने होडबाजी नै चलेको छ , दर्शक श्रोताहरुको मन मुटुक छुने खाल्का  नया स्वादको लागि पनि सर्जक नया र फरक प्रस्तुति बजारमा ल्याउन लागि परेको देखिन्छ । पछिल्लो समय बिष्णु माझी र ऋषि खड्काको स्वरमा रहेको “अधुरो प्रेम” ले बजार तताएको छ ,आज भन्दा ६ दिन पहिले सोहि गीतको ट्रेलर सार्बजनिक भएको थियो र सार्बजनिक संगै दर्शकको राम्रो साथ् पायो र ६ दिनमै करिब १ लाख २० हजार भन्दा पढी दर्शकले लोक दोहोरि गीतको ट्रेलर हेरेर साथ् दिए । ट्रेलर हेरे संगै गीतको पुरा भिडियोको पर्खाइमा बसेका दर्शकको माझमा अजै मात्रै पुरा भिडियो सार्बजनिक भएको छ र दर्शकको अपार माया र साथ् पनि पाइरहेको छ। बिष्णु माझी र ऋषि खड्काको स्वरमा रहेको गीत मा ऋषि खड्काको लय , राजु महोत्राको शब्द रहेको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाइ निर्देशन सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका छन्, यो भिडियोमा FX तथा Halloween Makeup सगुन शर्माको रहेको छ, अत्यन्तै फरक बिषय बस्तुमा भिडियो निर्माण भएको छ । पाल्पाको रानी महल , बतासे डाडो र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाइ स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।

राजु महोत्रा, मीरा कार्की , कुलचन्द्र पुरी , गौतम जिसी , हरि कुँवर , राजकुमार टन्डन लगायतको शसक्त को अभिनय भिडियोमा देख्न सकिन्छ । फरक किसिमको भिडियो र डरलाग्दा दृश्यहरु समेटिएको भिडियोमा निर्माण पक्षले कम्जोर मुटु हुनेहरुले नहेरिदिनुहोला भन्दै जानकारी समेत गरहेको छ ।

हेरौ पुरा भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend