logo
  • सोमबार, असोज १२ २०८३

मुनपाको आयोजनामा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २८ ।
मुसिकोट नगरपालिकाको आयोजनामा पाँच दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । कार्यक्रममा मुसिकोट नगरपालिकामा मेयर सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिमको समापन गर्दै सापकोटाले नेतृत्व विकास र उद्घोषण जीवन सफल र पृथक बनाउने कुरा भएकाले सिकेको कुरालाई आजकै दिनदेखि कार्यान्वयनमा लैजान सवैलाई आग्रह गरे ।

तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सोवित खड्का र जमुना परियार तथा प्रशिक्षण जर्नादन घिमिरेले मन्तव्य व्यक्त गरेका थिए । तालिममा मुसिकोट नगरपालिकाका १ देखि ९ वडासम्मका सवै माविका दुई÷दुई जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रम मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाको अध्यक्षता, प्रशासकीय अधिकृत नवराज भण्डारीको धन्यबाद मन्त्वय तथा प्रशिक्षक टोपलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय कलाकार कमल विश्वकर्माको सांगितक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend