साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी २७।
गुल्मीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका ४ निवासी ३६ बर्षिया दान बहादुर घमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार देवलीको पुजासामाग्री लिन भनि घरबाट निस्केका घम साझँ अबेरसम्म पनि घरमा आएनन् । त्यसपछि परिवार, आफन्त र प्रहरीले खोजतलास गर्दा स्थानीय कुसुन्डे भिरमा बिहिबार फेला पारेका थिए । घम करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्ट माटमको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक बस्नेतले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend