logo
  • सोमबार, असोज १२ २०८३

सार्वजनिक बिदा कटौती गरेको प्रति तमु समुदायको आपत्ती


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान,मंगसिर २७ । आदिवासी जनजाति समुदायले मानाउदै अएका तमु ल्होसार लगायतका आफूहरुका मुख्य चाडपर्बलाई रास्ट्रिय चाड पर्वको रुपमा एक दिनको दरले दिदै आएको सार्बजनिक बिदालाई सरकारले कटौती गरेको प्रति तमु समुदाय प्यूठानले आपत्ति जनाएको छ। तमु ह्युल छोज धिं गुरुङ रास्ट्रीय परिषद जिल्ला कार्य समिति प्युठानले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्री समक्ष स्मरण पत्र बुझाएको छ ।

ऐतिहासिक संघर्स बाट प्राप्त उपलब्धिलाइ सम्बद्द समुदायसंग कुनैपनि प्रकारको छलफल,परामर्स नलिई सरकारले एकलौटी ढंगले बिदा कटौती गरेकोमा परिषदले तिब्र भत्सर्ना गरेको छ । सरकारको यो निर्णयले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य नेपालको उपहास गरेको पनि आरोप लगाएको छ ।जबसम्म आदिबासी जनजाति लगायतका नेपाली जनताको ऐतिहासिक पहिचान र अधिकार सहितको मुद्दा हरुलाई राज्यले सम्बोधन गर्न सक्दैन तबसम्म आर्थिक समृद्दी र रास्ट्रिय एकता सम्भब नभएको पनि परिषदका अध्यक्ष गमानसिह गुरुङ द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।परिषदले सरकारले तोकेको बिदा अबिलम्ब फिर्ता लिई बिस्वभर छरिएर रहेका तमु समुदायको साँस्कृतिक सम्मान गरि रास्ट्रीय बिदा यथाबत लागु गर्न माग गरेको छ ।
गुरुङ समुदायले पौष १५ गते, तामाङ समुदायले माघ ४ गते र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउने गर्छन् । विगतमा नेपाल सरकारले सीमान्तकृत समुदायहरुले मान्ने चार्डपर्वमा बिदा नदिने चलन थियो । राज्यले संविधानको मर्म विपरित जनजातिहरुको पहिचान, अस्तित्व र अधिकारप्रति ठाडो प्रहार गरेकोले स्मरण पत्र मार्फत ध्यानाकर्षण गराइएको उनिहरुले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला बद्रीनाथ गैरेले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend