logo
  • सोमबार, असोज १२ २०८३

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिमदिन खर्वाङमा प्रशिक्षण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी मंसिर २४ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसर पारेर बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्र को आयोजनामा लैंगिक हिंसा एवं नयाँ कानुनको वारेमा जानकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले समतामुलक समाजको लागी सवै प्रकारका विभेद तथा हिंसा अन्त्य हुनुपर्ने वताउनु भएको छ। उपप्रमुख भुसाालले लैंगिक तथा घरेलु हिंसा पुरातन समाजको विम्व भएको भन्दै सवै क्षेत्रको सहयोगमा सवै प्रकारका हिंसा अन्त्य गर्नुपर्ने बताउनु भएको हो।

उद्घाटन कार्यक्रममा बडिगाड गाउँकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का अध्यक्ष हिमा कुमारी खरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो कार्यक्रममा बडिगाड गाउँकार्यपालिकाका महिला सदस्यहरु, राजनैतिक दलका महिला संगठनका प्रतिनिधिहरु, महिला तथा बालवालिका सशक्तिकरण केन्द्रका सदस्यहरु र बडिगाड गाउँपालिका भित्रका सवै वडाका आमा समुहका प्रतिनिधिहरु गरिा ६५ जना महिलाहरुको सहभागिता रहेको थियो।

सो प्रशिक्षण कार्यक्रमको अधिवक्ता ममतादेवि शर्मा र सहायात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले सहजिकरण गर्नुभएको थियो।

उद्घाटन कार्यक्रम महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य भोला आयार्यको स्वागत मन्तव्य तथा सचिव माया के.सी.को संचालनमा सम्पन्न भएको थियो।

“लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामिलाई स्वीकार” भन्ने नारा सहित मंसिर ६ गते देखि सुरु भएको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज सकिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend