
साझा नेटवर्क,प्यूठान मङ्सिर २२ ।
प्युठान नगरपालिका –२ का वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएको छ ।
विष्टको ५८ वर्षको उमेरमा निधन भएको हो । विगत १ वर्षदेखी फोक्सोको क्यान्सरबाट
पिडित विष्टको शुक्रबार उपचारको लागि चितवन लादैगर्दा बाटोमा निधन भएको
पारिवारिक श्रोतले जनाएको छ । शुक्रबार दिउसो निधन भएका विष्टको शवलाई
घरपरिवार सम्म ल्याउदै गरिएको परिवारले जनाएको छ । विष्टको सम्झनामा प्युठान नगरपालिकाले शनिवार श्रद्धाञ्जली
सभाको आयोजना गरेको छ । विष्ट पूर्व एमाले पार्टीबाट वडा अध्यक्ष जितेका थिए ।