साझा नेटवर्क

राधिका भुसाल,प्यूठान,मंसिर २१।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत सूचना तथा प्रसारण विभागले घुम्ती शिविरको आयोजना गरि प्युठानका पत्रकारहरूलाई परिचय पत्र वितरण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठानको सह-आयोजनामा नेपाल सरकार प्रेस प्रतिनिधि प्रमाणपत्र (रातोकार्ड) वितरण गरेको हो ।
सूचना तथा प्रशारण विभागका निर्देशक धुब्र कुमार पोख्रेल, शाखा अधिकृत रूपा वि.क, रमा निरौला, सुजन निरौला र खगेन्द्र कार्की सहितको सुचना विभागको टोलीले ६१ जना पत्रकारहरुलाई रातो कार्ड वितरण गरेको छ । शिविरमा कार्ड नविकरण,नयाँ प्रेस प्रतिनिधि कार्ड वितरण,संस्था परिवर्तन, सिफारिस लगायतका मिडियालाई सुचना विभागबाट दिइने सेवाहरू प्रदान गरेको निर्देशक धुब्र कुमार पोख्रेलले बताए ।
श्रमजीवी पत्रकारहरूलाई प्रेस प्रतिनिधि कार्ड लिन काठमाडौं जाँदा समय बढि लाग्ने र खर्चिलो पनि हुने हुँदा दुर्गम जिल्लाहरूमा घुम्ती शिविर मार्फत सेवा प्रदान गर्दै आएको उनले बताए । सूचना तथा प्रशारण विभागले देश भरका दुर्गम जिल्लाहरूमा शिविरको आयोजना गरि सेवा प्रदान गर्दै आएको निर्देशक पोख्रेलले जानकारी दिए । शिविर मंसिर २१ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । शिविरमा रोल्पा जिल्लाका पत्रकारले पनि सेवा लिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend