साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी मङ्सिर १९ ।
मुसिकोट नगरपालिकाले कृषकको सहजताको लागि ९ वटा मिनि टिलर अर्थात हाते ट्रयाक्टर बितरण गरेको छ ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषक ब्यक्ति र कृषक समुहलाइ खेतबारी जोत्न प्रयोग गरीने मनि टिलर बितरण गरीएको हो । बुधबार नगरपालिका परिसरमा कार्यक्रम गरी प्रत्येक वडा एक एक जना गरी ९ वटा मिनि टिलर बितरण गरीएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
वडा कार्यालयमा आएका निवेदनका आधारमा ब्यक्ति र समुहहरुलाइ वडाले दिएको सिफारीसको माध्यमबाट मिनि टिलर बितरण गरीएको भण्डारीको भनाइ छ ।
उनका अनुसार टेन्डर प्रक्रियाबाट मिनि टिलरहरु रु ७५ हजारमा खरीद गरीएको थियो भने त्यसमा नगरपालिकाको ३७ हजार ५ सय र ब्यक्ति वा समुहको ३७ हजार ५ सय योगदान रहने भएको छ ।
यस अघि पनि नगरपालिकाले कृषकलाइ ५० पतिशत अनुदानमै रहेर करिब ३५ वटा मिनि टिलर बितरण गरीसकेको छ ।
कृषकको सहजताको लागि र उनीहरुले गर्ने उत्पादनमा बृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा सो अनुदान कार्यक्रम सहयोगी बन्ने भण्डारीले बिश्वास ब्यक्त गरे ।
यसै बिच भोली अर्थात बिहिबार कृषकलाइ पराल तथा घाँस टुक्राउने मेसिन चपकटर पनि बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend