logo
  • सोमबार, असोज १२ २०८३

दगातुन्डाडालाई आगामी जेष्ठसम्म पूर्ण सरसफाई युक्त वडा घोषणा गरिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर १९ ।
खानेपानी, स्वास्थ्य, सरसफाई तथा स्च्छता समन्वय समिती बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडाको बैठक सम्पन्न भएको छ । बैठकले २०७६ जेठ महिना सम्म पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने गरि विविध निर्णयहरु गरेको छ।

वैठकले मंसिर २७ गते भित्र प्रत्येक टोलमा टोल उपसमिति गठन गर्ने, सरसफाई सम्बन्धि सुचक तयार गरि सार्वजनिक गर्ने जसको लागी गाउँपालिकामा सहयोगको लागि अनुरोध गर्ने, आगामी वैसाख सम्म स्वच्छ घरधुरी अनुगमन तथा परामर्स गर्ने लगाएतका निर्णयहरु गरेको छ।

पूर्ण सरसफाई युक्त वडा घोषणालाई सार्थकता दिन वडा अध्यक्ष वोम वहादुर थापाको संयोजकत्वमा जनप्रतिनिधी, तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेको अनुगमन सहजिकरण उपसमितिको गठन गरिएको छ।

बैठकमा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी, लेखा अधिकृत कृष्ण सुवेदी, नासु थम्मन रेश्मी, सुआहारा कार्यक्रम जिल्ला संयोजक चिरञ्जीवि दाहाल, खानेपानी, स्वास्थ्य सरसफाई तथा स्वच्छता समिति बागलुङका अधिकृत टिका उप्रेती, गाजा फाउन्डेसनको कार्यक्रम संयोजक विश्वनाथ आचार्य, फिल्ड सुपरभाइजर इन्द्रा थापाको समेत सहभागिता रहेको थियो।

बैठक समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष वोम वहादुर थापाको अध्यक्षता, अनमि सचिना श्रेष्ठको स्वागत मन्तव्य तथा समिति सचिव समेत रहनुभएका स्वास्थ्यचौकी इन्चार्ज यान वहादुर श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend