logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी प्रहरीले साईवर सुरक्षा र ट्राफिक नियम पढाउदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मङ्सिर १८ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गएको छ । सोहि अभियान अन्तरगत गुल्मी प्रहरीले विद्यार्थीहरुलाई पढाउन थालेको छ । मंगलवार रेसुङगा माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई साईवर सुरक्षा सम्वन्धि प्रशिक्षण दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन वहादुर खड्काले साईवर अपराधका घटनाहरु अवस्था र सुरक्षाका वारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत कक्षा ९ र १० का दुई सयभन्दा वढी विद्यार्थीहरुलाई खड्काले साईवर अपराध गर्दा हुने कानुन र त्यसको सजायँका वारेमा प्रशिक्षण दिए ।

उनले बिद्यार्थीहरुलाई सामाजिक सजांलको सुरक्षित प्रयोग गर्न समेत आग्रह गरे । आजका विद्यार्थीहरु भोलीका सुरक्षित र असल समाज निर्माण गर्ने नागरिक भएकाले आजदेखि नै आफु र आफ्नो परिवार तथा समाजलाई सुरक्षित र असल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लेले ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरणका वारेमा जानकारी गराएका थिए ।

साथै काफ्लेले सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरी मात्रैले सम्भव नभएकोले सवैको सहयोग आवश्यक रहेको बताए । उनले गुल्मी जिल्लामा प्रत्येक महिनामा तीन÷चार जना मानिसको सवारी दुर्घटना ज्यान जाने गरेकाले ट्राफिक नियमको पालना गरेमा त्यसलाई न्युनिकरण गर्न सकिने बताए ।

रेसुङगा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत एलिसा रजालीले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत साईवर सुरक्षावारे आफुहरुलाई अबको सुरक्षामा सजग बनाएको प्रतिक्रिया दिइन् ।

उनले आफुलाई साईवर अपराध र त्यसको कानुन तथा सजायँका बारेमा थाहा नभएकाले अब सचेत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend