logo
  • सोमबार, असोज १२ २०८३

पत्रकार महासंघ अर्घाखाँचीले प्रजिअ भुसाललाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हृदय कुमार भुसाल, अर्घाखाँची मङ्सिर १७ ।
नेपाल पत्रकार महासँग अर्घाखाँचीले एक कार्यक्रमका विच त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सरुवा भई जान लाग्नु भएका अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई बिदाइ गरेको छ ।
विगत १५ महिना देखी प्रमुख जिल्ला अधिकारी भई जिल्लामा काम गर्दे आउनु भएका भुसाल निकै कुशल,अनुुसाशित,उतरदायि र सवैलाई समन्वय गर्ने जिल्लाको सुुुशासन प्रर्वद्दनमा प्रभावकारी काम गर्ने प्रजिअको रुपमा छवि बनाउनु भएका भुसाललाई विभिन्न संघ सस्थाहरुले प्रशंसा सहित विदाई गरेका छन ।

प्रजिअ भुसालले पत्रकारको बिदाई कार्यक्रममा वोल्दै अर्घाखाँची वसाई निकै स्मरणिय भएको भन्दै उहाँले आफनो अर्घाखाँची सगँ पुखौली सम्वन्ध समेत रहेको भन्दै उहाँले काममा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनुभएको छ । उहाँले आफुले आफ्नो कार्यकालमा गरेका मुख्य कामहरुको पुनस्मरण गराउनु भएको हो ।

भुसालले तिन तहका निर्वाचन कुशलतापुर्वक सम्पन्न गराउने मुख्य कामका साथै काम नगर्ने ढोरपाटन सडकको ठेकेदारलाई प्रक्राउ गर्ने, सुपादेउराली मन्दिरमा उठेको भेटी प्रहरीको रोहवरमा ब्यवस्थापन र पारदर्शिता गर्ने, टहरा हटाउने मदिरामा रोक अवैध रुपमा बिक्री हुदै आएका भैसीको रोकथाम, गिट्टी बालुवा काठको चोरी निकासी रोकथाम गर्ने समग्र जिल्लाको शान्ती सुरक्षा सुशासन प्रर्वधन जस्ता केही महत्वपुर्ण कार्यहरुलाई आफुले जनप्रतिनिधी राजनैतिक दल पत्रकार विभिन्न सघ सस्था लगाएत सवैको सहयोगमा काम गरेको समेत बताउनु भएको छ ।

प्रजिअ भुसालले केही कामहरुलाइ दिनुपर्ने भन्दै जिल्लाका ६ स्थानमा प्रहरी चौकी स्थापना गर्ने कार्य समेत अगाडी वडेको जनाकारी गराउदै उहाँले सञ्चार गृह र पत्रकारिताको बिकासका लागी बिभिन्न सघँ सस्था र स्थानिय तहहरुलाई समानुपातिक बिज्ञापन बितरण गर्न आग्रह गरेको बताउनु भएको छ ।

बिधाई कार्यक्रमा पत्रकार महासगका जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष हिम वहादुर जिसीको अध्यक्षता उपाध्यक्ष गणेश खनालको स्वागत मनतब्य र सचिव सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend