logo
  • सोमबार, असोज १२ २०८३

तम्घासमा खानेपानीको समस्या : स्थानियलाई प्रति लिटर २५ पैसामा पिउने पानी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी मंसिर १७ ।
प्रायजसो सुख्खा मौसममा खानेपानीको समस्या हुने गरेता पनि यसवर्ष प्रर्याप्त पानी नपर्दा हिउदा सुरु नहुदै खानेपानीको समस्या पर्न थालेको छ । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या परेपछि नगरपालिकाले पिउने पानी बितरण सुरु गरेको छ ।
जिल्लाको सदरमुकाम तम्घासको वडा नम्बर ८ स्थित खानिगाउँका बिभिन्न स्थानमा पिउने पानीको समस्या आएपछी नगरपालिकाले ट्याङकरबाट बितरण सुरु गरेको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले बताए ।

स्थानियले पिउने पानीको समस्या भयो, भनेर नगरपालिकामा गुनासो गरेपछि नगरपालिले तम्घासका बिभिन्न स्थानबाट पिउने पानी संकलन गरेर बितरण गरिएको अधिकृत मरासिनीले बताए ।

नगरपालिकाले तम्घासको बृहत खाने पानीबाट प्रति ट्याङकर ७ सयमा किनेर स्थानियलाई आवश्यकता अनुसार प्रति लिटर २५ पैसाका दरले बितरण गरिएको मरासिनीले बताए । केहि दिनयता पिउने पानीको समस्या आएपछी खाने पानीको माग गर्दै नगरपालिकालाई स्थानियले ध्यानकर्षण गराएका थिए ।

नगरपालिकाले समस्या रहेका स्थानमा ७ ट्याङकर पिउने पानी बितरण गरिसकेको छ। एक ट्याङकरमा ६ हजार लिटर पानी अटाउने गर्दछ । सदरमुकामै रहेको वडा नम्बर ८ मा हिउँदो समयमा मात्रै खानेपानीको समस्या पर्दै आएता पनि यस वर्ष भने सुख्खा मौसम सुरु नहुँदै खानेपानीको समस्या देखिएको वडा अध्यक्ष भरत भलामीले बताए ।

उनका अनुसार वडा नम्बर ८ का ७० प्रतिशत जनतालाई खोनपानीको समस्या रहेकाले तत्कालको लागि ट्याङकरबाट भएपनि बितरण गर्ने कामको थालनी गरिएको बताए । यस वडामा पर्ने बिभिन्न स्थानमा १८ वटा भन्दा वढि निजि मुलहरु रहेकाले ति मुलहरुलाई व्यवस्थित र अन्य बिकल्पहरु पनि प्रयोग गरेर खानेपानी समस्या समाधानको लागि परेको भलामीले बताए ।

यसवर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या पर्न थालेको हो । भएका मुलहरु व्यवस्थित नहुनु र मुलहरु सुक्दैजान थालेपछि खानेपानीको समस्या हुन थालेको खानिगाउँ खानेपानी समितिका अध्यक्ष बालसिंह काउछाले बताए ।

उनले वर्षातको समयमा मुलहरु वढ्ने गर्नाले सबैठाउँमा पानी पुग्ने गरेता पनि सुख्खा मौसम सुरु हुन थालेपछी भने मुलहरु नियमित घटदै जान थालेपछि समस्या गर्दै जान थालेको बताए ।

तत्कालै भएका मुलहरुलाई व्यवस्थित गर्ने र बोरिङ्ग सिस्टमबाट पनि खानी तानेर समस्या समाधानको लागि बिकल्प खोजिएको काउछाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend