साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर १६।
शेषकान्त मैदान बाल विकास केन्द्र बडिगाड गाउँपालिका वडा नं. २, दनियामा अध्ययन गर्ने वालवालिकाहरुको लागि न्यानो कपडा (स्वीटर) सहित शैक्षिक सामाग्रि वितरण गरिएको छ।
खर्वाङमा वस्ने सुवेदार हिरा वहादुर केसि, विष्णु केसि, नारायण धिताल, लक्ष्मण वराल, चन्द्र वलामी र रुनमाया छन्त्यालले संयुक्त रुपमा सो सामाग्रि वितरण गर्नुभएको हो।
वालविकास केन्द्रमा अध्ययन गर्ने १५ जना वालवालिका तथा सहजकर्ताको लागि १० हजार वरावरको सामाग्रि हस्तान्तरण गरिएको विष्णु केसिले जानकारी दिनुभएको छ।
सो हस्तान्तरण कार्यक्रम वालविकास केन्द्रका अध्यक्ष माया घिमिरेको अध्यक्षता तथा सहजकर्ता कृष्णा रानाको संचालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, लक्ष्मण वराल लगाएतले वोल्नु भएको थियो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend