logo
  • सोमबार, असोज १२ २०८३

महादेवबेसीमा बसको ठक्करबाट एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेट्वोर्क, काठमाडौं ।
पृथ्वी राजमार्ग अन्तरर्गत धादिङबाट काठमाडौं तर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

आइतबार बिहान ८ बजे बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । भने उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको बताए ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी साधनमा आवजातमा ठप प्रभावित भएको थियो । अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend