साझा नेटवर्क
बसन्त आचार्य, बुटबल मङसिर १४ ।
गत साउन १० गते बलात्कार पछि हत्या गरिएकि कञ्चनपुरकि १३ वर्षीय बालिका निर्मला पन्तका हत्यारालाई तत्काल कारवाहीको माग नयाँ शक्ति बिद्यार्थी युनियन बुटबल बहुमुखि क्याम्पसले बुधबार क्याम्पसमा संकलन गरेको हस्ताक्षर आज शुत्रबार गृहमन्त्री राम बहादुर थापालाई बुझाउने गरी प्रदेश नं.५ का आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई बुझाएको नयाँ शक्ति बिद्यार्थी युनियन बुटबल बहुमुखि क्याम्पसका इकाई उपाध्यक्ष बसन्त आचार्यले बताउनु भयो ।
हस्ताक्षर बिहिबार नै मन्त्री केसीलाई बुझाउने भनिएता पनि मन्त्री केसीको व्यस्तताका कारणले शुक्रबार मात्रै हस्ताक्षर बुझाएको उपाध्यक्ष आचार्यले बताउनु भयो । संकलित हस्ताक्षर बुझाउँदै कानुन मन्त्री केसीले निर्मला पन्तको हत्या सम्बन्धी छानबिन सम्बन्धीत प्रदेश मन्त्रालय र संघीय सरकारले पनि गरिरहेको जानकारी दिनुभयो ।
उक्त हस्ताक्षर प्रधानमन्त्रीको कार्यालय मार्फत गृहमन्त्रालयमा तत्काल पठाउने बताउदैँ प्रदेश नं. ५ पनि निर्मला पन्तको हत्यारालाई कारबाही गर्न जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । साथै मन्त्री केसिले प्रदेश नं. ५ मा हत्या, हिसां तथा जघन्य अपराध न्युनिकरण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताउनु भयो ।
हस्ताक्षर बुझाउदै नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रिय सदस्य तथा बुटबल बहुमुखि क्याम्पसका इकाई अध्यक्ष प्रेम बहादुर अर्यालले देशमा निर्मला पन्त लगायत अन्य बालवालिका तथा महिला हिसां बढीरहेको अबस्थामा दुई तिहाईको सरकारले शान्ति शुरक्षाको प्रत्याभुति गर्नुपर्ने भएता सरकारले जनतालाई सुरक्षाको प्रत्याभुति गर्न नसकेको बताउनु भयो ।
साथै तत्काल हत्यारालाई सरकारले प्रक्राउ गरि कारबाही नगरे कडा आन्दोलन गर्ने चेताबनी समेत दिनुभयो । हस्ताक्षर बुझाउने क्रममा नयाँ शक्ति पार्टि नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश नं. ५ का प्रबक्ता मनिकर कार्की , सैनामैना नगरपालिकाका नगर संयोजक नर बहादुर सुनार , बिद्यार्थी नेता सन्तोष भुषाल , युबक खनाल लगायतको सहभागिता रहेको थियो ।
यता छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफुहरुलाई न्याय दिनु पर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अबस्था बिग्रिदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।
निर्मला बलात्कारपछि हत्या भएको घटनापछि डिप्रशेनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारणमा बस्नुपर्ने बताउँदै उपचारको लागि सुबिधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाब दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend