साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची मंसीर १३ ।
हिन्दु जागरण नेपाल अर्घाखाँची शाखाले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको कोषबाट केहि रकम मृगौला पिडित र नशा रोग पिडितलाई सहयोग गरेको छ ।
उपचार गर्न लाग्ने सबै रकम सहयोग गर्न नसकेता पनि उपचारका लागि केहि हदसम्म भयपनी टेवा पुगोस भनेर यो रकम सस्थाको तर्फबाट सहयोग गरेका हौ भन्दै पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गर्दै हिन्दु जागरण नेपाल अर्घाखाँचीका अध्यक्ष नारण बहादुर खड्काले पिडितहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभयो ।
हिन्दु जागरण नेपाल अर्घाखाँचीले मृगौलाको समस्याबाट पिडित उपचाररत अति बिपन्न परिवार अर्घाखाँचीकि रन्जना बि.क लाइ ५५०० रुपिया र नशा रोगबाट पिडित रेणु बि.क लाइ ५५०० रुपिया सहयोग गरिएको सस्थाका उपाध्यक्ष आतिष किरण बि,कले जानाकारी दिनुभयो ।
गत ११ गते मंगलबार साझ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको बगैचामा सस्थाका पदाधिकारी र पिडितहरुलाई आकस्मिक भेला गराई तिहारमा खेलेको देउसी भैलोबाट संकलित कोषबाट केहि रकम पिडितहरुलाई हस्तान्तरण गरिएको सस्थाका सचिब दिपक आचार्यले बताउनु भयो ।
धर्म परिवर्तनमुक्त नेपाल, जातीय छुवाछुत मुक्त नेपाल, सनातन हिन्दु राष्ट्र नेपाल भन्ने मूल नारा लिएर स्थापना भएको हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्धको महा-अभियान हिन्दु जागरण नेपालको अर्घाखाँची शाखा स्थापना भय यता जिल्लामा धार्मिक, आध्यात्मिक तथा सामाजिक क्षेत्रमा धार्मिक जनचेतना फैलाउदै आएको छ ।
बिभिन्न रचनात्मक कार्यहरु गर्दै सनातन धर्म बिरोधि गतिबिधिहरुलाई खबरदारी गर्दै आएको उक्त सस्थाले अब जिल्लामा भैपरी आउने बिभिन्न प्रकोपहरुमा समेत आबश्येक परेमा उद्दार र राहतका काम गर्दैजाने हिन्दु जागरण नेपाल अर्घाखाँचीका कोषाध्यक्ष रन्जित श्रेष्ठले जानाकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend