logo
  • सोमबार, असोज १२ २०८३

श्रीमति हत्याका आरोपित नेपाली पुर्पक्षमा जेल चलान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मङ्सिर १३ ।
गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका ३२ बर्षिय दुर्गा बहादुर नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । उनले गत कार्तिक १५ गते राति पत्नी ३१ बर्षिया सिता नेपालीलाई मान्छे नवस्ने स्थानीय एक व्यक्तिको घरमा लगेर हत्या गरेका थिए ।

तीन दिनदेखि फरार दुर्गा बहादुरलाई नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले कार्तिक १८ गते गिरफ्तार गरेर अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीका न्यायधिस राम प्रसाद न्यौपानेले मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को परिच्छेद ७ को दफा ६७ (१) (ख) बमोजिम पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार तथा सुचना अधिकृत दुर्गा प्रसाद बस्यालले बताए ।

आरोपितले तीजमा माईत गएकी पत्नी लामो समयसम्म घरमा नआएको रिस र आफुले मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका प्रहरी प्रमुख दिपक बस्नेतले बताए ।

शवको पोष्टमार्टम कार्तिक १६ जिल्ला अस्पताल तम्घासमा गरियो । बाबुले आमाको हत्या गरेपछि बिचल्लीमा परेका नेपालीको बालबालिका अहिले एसोएस बाल ग्राममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend