logo
  • सोमबार, असोज १२ २०८३

बलात्कार गरेको कसुरमा आठ बर्ष कैद फैसला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर १३ ।
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षिय प्रेम बहादुर कार्कीलाई जिल्ला अदालत गुल्मीले आठ बर्ष कैद फैसला सुनाएको छ ।

न्यायधिश राम प्रसाद न्यौपानेको इजलासले कैदसँगै ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध भराउने फैसला गरेको श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

कार्कीलाई मुलुकी जवरजस्ती करणीको महल १ र ३ (२) बिपरित कसुर गरेकोले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए ।

पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उजुरी लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारवाही अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend