logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मेली गायिका निर्मलाको “रिडी बजार काली दोभान” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी, गुल्मी मङ्सिर १२ ।
गुल्मेली गायिका निर्मला थापा मगरको पन्चेबाजाको गित “रिडी बजार काली दोभान” भिडियो सार्वजनिक भएकाे छ । गीतको भिडियोलाई सोमबार मात्रै युट्युब मार्फत सार्वजनिक गरीएको हो ।गुल्मेली गायक सन्तु थापा मगर र निर्मला थापा मगरको आबाजमा रहेको “रिडी बजार काली दोभान” नामक पन्चेबाजाको गीतलाई निर्मला थापा मगरको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गुल्मीको दिगाममा जन्मिएकी गायिका मगर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल भएकी छिन । मगर जस्तोसुकै गित गाउन पनि अब्बल गायिकाको रुपमा पनि परिचित छिन ।

त्यस्तै गुल्मीको तम्घासमा जन्मिएका गायक सन्तु थापाले पनि विभिन्न समयमा फरक- फरक किसिमका एल्बमहरु निकालेर स्वदेश तथा विदेशमा चर्चा कमाउन सफल छन् ।

हालै मात्र सार्वजनिक भएको एल्बम “रिडी बजार काली दोभान”को म्युजिक भिडियोमा मुकुन्द सुवेदी, नबिना थापा मगर र कृतिकाले अभिनय गरेका छन । त्यस्तै गणेश अधिकारीले शब्द तथा गायिका मगर स्वयंले लय भरेकी छिन ।

गायिका मगरका पधेरिमा पानी भर्न, सोल्टी राजा, तम्घास बजार, भेट हुदा, तथा यो मनले जस्ता गीतहरु चर्चामा रहेका छन् ।


हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend