साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
दर्शक श्रोताको बिचमा धेरै राम्रा सिर्जना प्रस्तुत गरिसकेकी गायीका प्रीति आले दोहोरि ब्याटलपछि अझ बढी चर्चामा आइन । पछिल्लो समयमा बिधान कार्की र प्रीति आलेको स्वरमा रहेको नाचौ नाचौ लाग्ने गीत “डाडै पिपल” भर्खरै मात्रै सार्बजनिक भएको छ ।
स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको राजु महोत्रा र बिधान कार्कीको “डाडै पिपलु”लाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् ।
बुटवलको सेरो फेरोमा छायांकन गरिएको भिडियोमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र राजु महोत्रको अभिनय रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ ।
अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा किशोर थापाको नृत्य निर्देशन रहेको छ । गीतमा खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको सब्द रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend