साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर १० ।
प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ मा झण्डै ३ करोड वढि कारोवार भएको बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रले जनाएको छ। सोमवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले १ लाख वढि दर्शकले मेलाको अवलोकन गरेको भन्दै स्थानिय कला, संस्कृति, र उत्पादनको प्रवद्र्धन तथा बडिगाड गाउँपालिका भित्रका धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्न यो महोत्सव अविस्मरणीय र ऐतिहासिक भएको वताएको हो।
अध्यक्ष कलाधर घिमिरे र सचिव विष्णु प्रसाद आचार्य द्धारा हस्ताक्षरीत विज्ञप्तीमा “प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ शान्त र भव्य रुपमा सम्पन्न भएको सुखद् समचार सम्प्रेषण गर्न पाउँदा हामी सवै हर्षित छौं” भनिएको छ।
विज्ञप्ती मार्फत महोत्सव आयोजकले कार्यक्रममा सहभागिता जनाउने अतिथि, खेलाडि, कलाकार, पत्रकार, सहयोगी संघ संस्था लगाएत सम्बद्ध सवैलाई धन्यवाद व्यक्त गरेको छ।
बडिगाड संस्कृति प्रवद्र्धन केन्द्र को आयोजना, सितुरियो कराँते बडिगाड डोजोको सहआयोजना तथा बडिगाड गाउँपालिकाको मुख्य प्रवद्र्धनमा मंसिर १ देखि ९ गते सम्म बडिगाड ५, खार वजारमा महोत्सव तथा मेला सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend