logo
  • सोमबार, असोज १२ २०८३

मध्यपहाडि लोकमार्गमा भएको दुर्घटनाका घाइते एक जनाको उपचारको क्रममा मृत्‍यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ०९।
मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै सनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्‍यु भएको छ।

सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपचारको क्रममा गए राति नै ज्यान गएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखरा का युवराज खड्काको पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं शिक्षण अस्पतालमा पुर्‍याइएको र उपचार सुरु भएको घाइतेका दाजु केयरसिंह खड्काले जानकारी दिनुभएको छ।

सनिवार बडिगाड महोत्सव तथा न्वागी मेला हेरि फर्किने क्रममा ग १० प ८६४९ नं. को मोटरसाइकल बडिगाड गाउँपालिका वडा नं. २, आकाशेपुल नजिकै ज्याङ्ना भन्ने स्थानमा दुर्घटना भएको थियो। सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको थियो। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो।

सो स्थानलाई अत्याधिक दुर्घटना स्थल घोषणा गरि सडक छेउमा आवश्यक सुरक्षा प्रवन्ध गर्न स्थानियले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend