logo
  • शनिबार, कार्तिक २२ २०८३

राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगीतामा नुवाकोटकी गिता पुडासैनि प्रथम


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ९ ।
प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला को अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगीतामा नुवाकोटकि गिता पुडासैनी प्रथम हुनुभएको छ।
काठमाडौंका रसिक राज द्धितिय तथा रामेछापका विक्रम पवन परियार तृतिय हुनुभएको छ। प्रथम, द्धितिय र तृतियले क्रमशः ११ हजार ७ हजार र ५ हजार नगद सहित मायाको चिनो पाउनु भएको छ। त्यस्तै उत्कृष्ठ दश मा पर्ने यादव पौडेल अर्घाखाँची, जेवि कुँवर बागलुङ, मिलन समिर स्याङ्जा, सुरज पराजुली सुनसरी, सपना सुन्दर अर्घाखाँची, दिप पाण्डे तिल्के र दिपक अर्याल गुल्मीले मायाको चिनो प्राप्त गर्नुभएको छ। देशभरवाट १ सय १३ कविता सहभागि भएकोमा उत्कृष्ट २० पर्ने कविताका कवि कवियत्रीहरुलाई वाचनको अवसर दिइएको थियो।

कार्यक्रममा साहित्यकारहरु डा. मुरारी पराजुली, रुद्र ज्ञवाली, असिम सागर, शम्भु अर्याललाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संस्कृति प्रवद्र्धन केन्द्र बडिगाडका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, गोधूलि पत्रिकाका प्रधान सम्पादक तथा कार्यक्रम संयोजक निलम कुमार शर्माको स्वागत मन्तव्य तथा स्रष्टा टिका पाइजाको संचालनमा सम्पन्न भएको थियो। कवि तथा कवियत्रिहरुले देश तथा परिवेशका समसामयीक कविताहरु वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend