logo
  • सोमबार, असोज १२ २०८३

आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थान बन्दै “हर्स शु माउण्टेन रिसोर्ट” मुडे


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुर्य चन्द, काठमाडौँ मंसिर ९।
प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न “हर्स शु माउण्टेन रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्ने गएको छ ।
सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र सुन्दरताले भरिएको रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । यस मनोरम तथा सुन्दर होटलमा ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउने तथा आरामदायी रुमहरुको समेत ब्यबस्था रहेको छ ।

पर्यटकिय तथा धार्मिक स्थलहरु गौराती भीमेश्वर, सुनकोशी महादेव, पाल्चोक भगवती, तौथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, कोतदेबि हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ,लिस्ति दभि। सिन्धुकोट देबि,गोल्माथान समेत होटल बाट नजिकको गन्तब्य रहेको हुदा अहिले उक्त होटलमा पर्यटकहरुको घुईचो लाग्न थालेको छ ।

सिन्धुपाल्चोक जिल्लाको व्यापारिक केन्द्र समेत रहेको मुडे बजारमा अबस्थित “हर्स शु माउण्टेन रिसोर्ट” बाट सुन्दर तथा रमणीय दृश्यहरुको समेत अबलोकन गर्न सकिन्छ । हिमालहरुको दृश्यावलोकन गर्न समेत पाइने भएकाले पर्यटकहरु आकषिर्त भएको रिसोर्टका सञ्चालक कुन्साङ शेर्पाले जनकारी गराइन। रिसोर्टले पुरानो नेपाली संस्कृति झल्काउने विशाल संरचना निर्माण गरी तारे होटल स्तरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएको हुनाले यहाँ पुग्ने पर्यटकहरुले अत्यधिक मन पराउने गरेका छन् ।

गुणस्तरीय सेवा सुबिधा उपलब्ध भएको राजधानी बाट नजिकको गन्तब्य समेत रहेको हुदा आन्तरिक तथा बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तब्य बनेको छ भने ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर कार तथा गाडीको समेत ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend