logo
  • सोमबार, असोज १२ २०८३

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान सुरु, खर्वाङमा र्याली सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ९।
“लैंगिक हिँसा र दुव्र्यवहार: छैन हामीलाई स्वीकार” भन्ने नारा सहित लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान आइतवार देखि सुरु भएको छ।अभियानको सुरु दिनमै सामुदायीक वन उपभोक्ता बागलुङ जिल्ला महासंघको आयोजनामा खर्वाङमा र्याली तथा सभा सम्पन्न भएको छ। कार्यक्रममा वोल्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले कुनैपनि हिँसा न्यूनिकरणको लागि जनचेतना मूल कुरा भएको भन्दै हिंसा गर्नेलाई कार्वाहिको दायरामा ल्याउनु पर्ने तर सामाजिक रुपमा चुनौती रहेको बताउनु भएको छ।
हिँसाको जड मादक पदार्थ सेवन भएको तथा चेतना अभावमा हिंसा सहने प्रवृत्तिले हिँसालाइ नै प्रश्रय दिएको अध्यक्ष पाइजाले दावी गर्नुभएको छ। कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य खुम प्रसाद सुवेदीले १६ दिने अभियानले हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने वताउनु भएको थियो। सो अवसरमा त्रिभुवन नमुना मावि खर्वाङ कि अञ्जु गिरिले विद्यालय संग जोडेर विद्यार्थीहरु मार्फत लैंगिक हिँसाको चेतना फैलाउनु पर्ने बताएकि छन्।

कार्यक्रम सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाको अध्यक्षता, गण्डकि प्रदेश सदस्य डिप्लोमा खरेलको स्वागत मन्तव्य तथा जिल्ला महासचिव मुना थापाको संचालनमा सम्पन्न भएको थियो। र्यालीमा स्थानिय सामुदायीक वन, आमा समुह, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो। सन् १९९१ देखि महिला हिंसा विरुद्ध संगठित रुपमा आवाज उठेको मानिन्छ।

महिला हिंसा विरुद्धको अभियान २४ गते सम्म विविध कार्यक्रम सहित चल्ने वताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend