साझा नेटवर्क
हुमाकान्त पाेखरेल, दाङ मंसिर ०७।
राज्यकाे साहित्यसम्बन्धि उचित नीति नहुँदा अाफूहरूमा निराशा अाएकाे साहित्यकारहरूले बताएका छन् । राज्यले अन्य क्षेत्रमा बजेट छुट्याउने र विभिन्न कार्यक्रम गरेपनि साहित्यकाे क्षेत्रमा कुनै काम नगरेकाे उनीहरूकाे भनाई छ ।
दाङकाे लमहीमा शुक्रबारदेखि सुरू भएकाे `प्रगतिशील लेखक संघ´ काे ५ नम्बर प्रदेश स्तरिय भेलाका सहभागिहरूले यस्ताे बताएका हुन् । `राज्यले परिणाम देखिने र नदेखिने अन्य धेरै क्षेत्रमा लगानी गरेकाेे छ र थुप्रै रकम खर्च पनि गरेकाे छ ।
प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य शशिधर भण्डारीले भने, `तर साहित्यकाे क्षेत्रमा कुनै लगानी छैन, जसले सिंगाे देशकाे सबै विधाका साहित्य नै अाेझेलमा परेका छन् ।´ अहिले सरकारले धेरै अनुत्पादनशिल क्षेत्रमा खर्च गरेपनि अाफूहरूले कार्यक्रमकाे माग गर्दा पनि कुनै सम्बाेधन नभएकाे उनले गुनासाे गरे ।
प्रतगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्माले विगतका राजनीतिक परिवर्तनमा साहित्यले ठूलाे भूमिका खेलेकाे दाबी गरे । ५ नम्बर प्रदेशका इन्चार्ज समेच रहेका उनले अझै पनि साहित्यले सरकारलाई सधै खबरदारी गर्ने बताए । `जहिले राज्य वा सरकारले बाटाे बिराउछ, तब पत्रकार र साहित्यकारले खबरदारी गर्छन । शर्माले भने, `सायद त्यसैले हाेला, हामीलाई राज्यले त्यत्ति ध्यान दिदैन ।´
तरपनि अाफूहरूले सधै देश र जनताकाे पक्षमा कलम चलाईरहने उनले जानकारी दिए । सँस्थाका गुल्मी अध्यक्ष माधव ज्ञवालीले पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले नै सूचनासम्मलाई सम्बाेधन गरेपनि साहित्यलाई कुनै सम्बाेधन नगरेकाे बताए ।
कहिलेकाँहि सूचनासम्मलाई सम्बाेधन हुन्छ, तर देश परिवर्तनमा महत्वपूर्ण खेल्ने साहित्यकाे कुनै मूल्यांकन छैन ।´ उनले भने, `त्यसैले अब हामी सबै मिल्नुकाे विकल्प छैन ।´
प्रगतिशिल लेखक संघ देशमा बामपन्थी विचारधारा राख्ने साहित्यकारहरूकाे संगठन हाे । देशका सबै बामपन्थी राजनीतिक दलहरूलाई एकै ठाँउमा ल्याई देश विकासमा महत्वपूर्ण याेगदान पुर्याउन लेखक संघ गठन गरिएकाे सँस्थाले जनाएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरिष्ठ साहित्यकार रामचन्द्र भट्टराईले देशका सबै कम्युनिष्टहरू एकै ठाँउमा अाए मात्र देशकाे विकास हुने बताए । `बामपन्थी पार्टीका धेरै भातृ संगठन छुट्टाछुट्टै छन्, अरू संगठनबाट पार्टीलाई एक बनाउने कुनै लक्षण देखिएन ।
उनले भने, `अब हामीले साहित्यकाे माध्यमबाट भएपनि सबै बामपन्थी नेता र राजनीतक दलहरूलाई एकै ठाँउमा ल्याउनुपर्छ । त्यसका साथै उनले अहिले दुई ठूला कम्युनिष्ट पार्टीले अन्य पार्टीलाई पनि सँगै लिएर जानुपर्नेमा जाेड दिए ।
अहिले कम्युनिष्ट नेताहरू धेरै विलासितातर्फ उन्मुख भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने उनकाे भनाई छ । सरकारले `सुखि नेपाली, समृद्ध नेपाल´ काे सपना लिएकाे भन्दै त्याे पूरा गर्न सबै कम्युनिष्टहरू एक हुनुकाे विकल्प नभएकाे उनले बताए ।
`युवाहरू विदेशिने र दिनहुँ विमानस्थलमा शव भित्रने दुखद पक्ष हाे ।´ उनले भने, `नेताहरूमा दुरदृष्टीकाे अभावले यस्ताे भएकाे हाे ।´ भट्टराईले अबका सबै कम्युनिष्ट नेताहरूलाई एकजुट भई विकासमा लाग्न समेत अाग्रह गरे ।
कार्यक्रममा साहित्यकारहरूले कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । भारतले नेपालकाे सिमा मिचेकाे, देशमा साेचेजस्ताे विकास नभएकाे, हत्या, हिंसा, बलात्कार जस्ता अापराधिक घटना बढ्दै गएकाे, हत्याराहरू पत्ता लाग्न नसकेकाे, सिन्डिकेट जस्ता कुराहरू अन्त्य हुन नसकेकाे जस्ता समस्याहरू साहित्यकाे माध्यमबाट प्रस्तुत गरेका थिए ।
त्यसैगरि देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र अाएकाे, देश विकासकाे गतिमा अगाडि बढिरहेकाे जस्ता विषय पनि प्रस्तुत गरिएकाे थियाे । कार्यक्रम शनिबारसम्म चल्ने अायाेजकले जनाएकाे छ ।
शनिबारकाे कार्यक्रममा नँया प्रदेशस्तरकाे समिति गठन गरिने दाङ शाखाका छविलाल काेपिलाले जानकारी दिए । नेपपालमै पहिलाे पटक पाचँ नम्बर प्रदेशले प्रदेशस्तरिय कार्यक्रम गर्न सफल भएकाे हाे । कार्यक्रममा पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाका साहित्यकार सहभागी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend