साझा नेटवर्क

साझा नेटवर्क प्यूठान । विद्युत सट हुंदा प्यूठान नगरपालिका ७ पुण्यखोलाको सुप्रिया सिरक उद्योगमा आगोलागी भएकोे छ ।
बिहिबार दिउसो करिब २ बजे आगोलागी भइ करिब ६५ लाख बराबरको क्षति भएको उद्योग सञ्चालक प्रदिप के सीले बताए । सिरक उद्योग संगै रहेको मिल (कुटने पिस्ने) समेत आगोले सखाप परेको छ । उद्योेगमा रहेको बनाइएका सिकर, डसना, सिरानी,कुस्सन लगायत र बनाउन अर्डर ल्याइएका कपडा, कपास जलेर नष्ट भएको छ । त्यस्तैै मिल उद्योगमा रहेको धान, मकै, गहु लगायतका अन्नपात समेत जलेर खरानी बनेको छ । आगो नियन्त्रणको लागि नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोग गरेको स्थानियहरुले बताए ।
दमकलको लापरबाही
आगोलागि भएको स्थान देखि नजिकैको सशस्त्र क्याम्पमा राखिएको दमकल पठाउन सम्बन्धित निकायलाई समयमै खबर गर्दा पनि आगो नियन्त्रण भैसकेको पछि मात्र दमकल पुगेको स्थानिय इन्द्र घर्तीले बताए । ‘आगोलागेको करिब १ घण्टापछि मात्रै दमकल आएको थियो तैपनि रित्तो ’– आक्रोसित हुंदै उनले भने–‘यसमा नगरपालिकाको लापरवाही छ । क्षतिपुर्ती नगरपालिकाले नै दिनु पर्छ ।’ यातायातको राम्रो पहुँच रकेको ठाउँ (मुख्य सडक क्षेत्र) मा घटना हुंदा समेत दमकलको कुनै भुमिका नभएकोले जनतालाई देखाउन मात्र दमकल नराख्न स्थानिय कमल केसीले आग्रह गरे
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend