logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड महोत्सवमा बद्रिले गित गाउँदा स्थानिय रोए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ मंसिर ६ ।
चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलामा गित गाउँदा वृद्ध आमा तथा बाबाहरुलाई रुवायका छन् भने युवाहरुलाई धुलो उड्नेगरि नचाएका छन्।

नेपाली दिदि वहिनी विदेशियका दाजु भाई तथा वुवा आमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहिलेको सालपनि घरमा आउँदिन”, “जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ”, “शिरैको सिँउँदोमा सिन्दुर छैन” वोलको गित गाउँदा, मञ्चैको अगाडि वसेका धेरै आमा बाबाहरु रोएका छन्।

सवैको विचैमा गएर गाएका गायक पंगेनीले नेताहरुलाई सुझाएका गित गाउँदा सवै उत्साहित भएका थिय। पंगेनीले “लौन नेता ज्यू, बडिगाडमा आउन कहिले काहिँ, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिल झैं”, “अझै नै गणतन्त्र आको छैननी, बडिगाड मा भने झैं भाको छैननी” बोलका गित गाउँदा युवा हरु खुलेर नाचेको थिए।

गायक पंगेनीले ससुरालीमा, पानी सलल, लगाएतका गितहरु गाएका थिए। दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका जनप्रिय गायक बद्रिले नेताहरुलाई समेत कटाक्ष समेत गरेका थिए। कार्यक्रमको छैठौं दिनमा लोक गायीका पूर्णकला विसि, प्रजापति पराजुली लगाएतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend