logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको नापी कार्यालयमा गुनासो संकलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, मङ्सिर ६ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम सम्पन्न गरिएको छ ।

नापी कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी नापी कार्यालयले दिने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो । नापी कार्यालय तम्घास गुल्मीले प्रदान गर्ने सेवामा नागरिक सहायता तथा सोधपुछ कक्ष ब्यवस्थित नभएको बताउदै आएका थिए ।

त्यस्तै कित्ता काटको काममा धेरै समय लाग्ने गरेको, कर्मचारीको व्यवहार सेवाग्राही मैत्री हुन नसकेको, कार्यालय समयमा काम पुरा नगरी कर्मचारी अर्को काममा हिडीदिने हुदाँ सेवाग्राहीले घण्टौँ सम्म कुर्नु परेको लागाएतका गुनासोहरु आएका थिए ।

उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारी र सहयोगी विक्रम पन्थीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend