logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल किड्स आइकन २०१८ सिजन-७ को बिजेता बनिन साईसा सेडाइ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ मङ्सिर ५।
एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न नेपाल किड्स आइकन २०१८ सिजन-७ को बिजेता बन्न सफल भएकी छिन । काठमाडौँ पेप्सीकोला निबासी ८ बर्षीय साईसा सेडाइ उनले विनरको ताज संगै बेष्ट सकिनको उपाधि समेत हात पारेकी थिइन ।फाइनल राउण्डमा निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन ।

काठमाडौँ वर्ल्ड स्कुल भक्तपुर ३ कक्षामा अध्यनरत छात्रा साईसा सेडाइ बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी साईसा सेडाइ पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका बाबा ब्यबसायी तथा समाजसेवी सन्तोष कुमार सेडाईले बताए ।

काठमाडौँ महानगरपालिका वडा न. ३२ पेप्सीकोलाको स्थायी बासिन्दा नेपाल किड्स आइकन २०१८ को बिजेता साईसा सेडाइ भविष्यमा डाक्टर तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend