logo
  • शुक्रबार, असोज ९ २०८३

इश्मा गाउँपालिका बजार अनुगमनमा सक्रिय झण्डै तीन लाखको उपभोग्य सामग्री नष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी, मंसिर ४ ।
गुल्मीको इश्मा गाउँपालिका बजार अनुगमनमा सक्रिय देखिएको छ । गाउँपालिकाले दशै तिहार र छठ पर्व जस्ता चाडहरुलाई मध्येनजर गरेर गाउँपालिका विभिन्न बजारहरुमा अनुगमन शुरु गरेको थियो ।
सोहि अवसरमा म्याद गुज्रिएका करिव साढे तीन लाखका दैनिक उपभोग्य सामग्री बरामद गरि नष्ट गरेको छ । गाउँपालिकाको वडा नं ३, ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गर्दा म्याद सकिएका तेल, आटा, चाउचाउ, पेय पदार्थ, सोउबिन, बिस्कुट, कुरमरे लगायतका खाद्य तथा पेय पदार्थ अनुगमन समितिले बरामद गरि गाउँपालिका परिसरमा मंगलबार नष्ट गरिएको अनुगमन समिति संयोजक नारायण महतले बताए । दुई÷तीन महिला देखि डेढदेखि दुई बर्षसम्म म्याद नभएका दुई लाख ७५ हजारका विभिन्न खाद्य सामग्री तथा पेय पदार्थ अनुगमन समितिले बरामद गरेको महतले बताए ।

जनप्रतिनिधीको पसलबाटै अनुगमन शुरु

इश्मा गाउँपालिकाले जनप्रतिनिधीहरुकै पसलबाट अनुगमन शुरु गरेको छ । अनुगमनकै क्रममा उनीहरुको पसलका पनि म्याद नभएका उखाद्य वस्तु भेटिएकाले सचेत र सजग बनाउँदै सामान बरामद गरिएको उपभोक्ता हित संरक्षण मञ्च संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । अनुगमनका क्रममा मुल्य सुची नभएको, साइनबोर्ड नभएको, पान तथा भ्याट बिल नभएको, ढक तराजु नियमानुसार नभएको तथा होटल र मासु पसल सफा सुग्घर नभएको पाइएकाले पहिलो पटक सुधार गर्न र आफ्नो व्यावसायलाई कानुन अनुसार दर्ता गर्न आग्रह गरिएको खत्रीले बताइन् । ‘अनुगमन जनप्रतिनिधीहरुको पसलबाट शुरु गरेर अरु व्यावसायीकोमा पुगेकाछौ,’खत्रीले भनिन,‘उपभोक्ता माथी कसैले खेलवाड गर्न पाइदैन, अव झुक्काएर छडके अनुगमन गर्छौ ।’

अब अनबिज्ञता प्रकट गरेर उपभोक्ता ठग्न पाइदैन : गाउँपालिका प्रमुख

अनुगमनको क्रममा धेरै कुरामा व्यावसायीहरु अनबिज्ञ रहेको, जिम्मेवार व्यक्तिलेनै जानेर पनि हेलचक्राइँ गरेको र आफ्नो व्यावसायका प्रमाणपत्रहरु आफुहरुसंगै नराखेको फेला परेको अनुगमन समिति सदस्य गोकर्ण थापाले बताए । बरामद सामग्री नष्ट गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले अब कुनै पनि व्यावसायीले अनबिज्ञता प्रकट गरेर उपभोक्ता ठग्ने र अखाद्य वस्तु खुवाउन नपाइने बताए । उनले अब पनि त्यहि अवस्था दोहोरिए सामान बरामद मात्रै नगरेर व्यावसायीलाई समेत कानुन अनुसार कारबाहि गरिने बताए ।

अहिले बजार अनुगमनको क्रममा पनि मदिरा पसल संचालकहरुलाई दर्ता गर्न, गाउँपालिकाले तोकेको समयमा बिक्री वितरण गर्न आग्रह गरिएकाले केहि समयमै घरेलु मदिरा उत्पादन गर्ने र अन्य मदिरा व्यावसायीहरुलाई नियमन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend