logo
  • शुक्रबार, असोज ९ २०८३

लिटल आइकन २०१८ सिजन-७ को बिजेता बनिन बेगम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन-७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम ।

उनले बिजेताको ताज संगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए ।

काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।

छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन – ७ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend