logo
  • शनिबार, साउन ९ २०८३

नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन मङ्सिर २० र २१ गते हुने

पार्टी सभापति देउवाले उद्घाटन गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी मङ्सिर ३।
नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन आउने मंसिर २० र २१ गते हुने भएको छ । मंसिर २ गते बसेको जिल्ला कार्यसमितिको २४ औं बैठकले सो निर्णय गरेको हो । बिधान अनुसार प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन नसकेको काङ्ग्रेस गुल्मीले जनाएको छ । सम्मेलनको उद्घाटन गर्न पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवा र अरु वरिष्ठ नेताहरु आउने कार्यक्रम रहेको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

अहिले पार्टी केन्द्रिय कार्यसमितिमा गुटबन्दी देखिएकाले देउवासहित वरिष्ठ नेतालाइ एउटै मञ्चमा ल्याएर एकताको सन्देश दिन खोजिएको श्रेष्ठले बताए ।

सम्मेलनकै पहिलो दिन गुल्मी पार्टी कार्यालयमा स्थापना गरिएको सहिद सम्शेर बहादुर खत्रीको स्मारक अनावरण गर्ने कार्यक्रम पनि रहेको पार्टी सचीव खिल ध्वज पन्थीले बताए ।

सम्मेलनमा गाउँ कार्यसमितिका सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति गरि करिब साढे तीन सयको उपस्थिति रहने छ ।

सम्मेलनकै तयारीका लागि मङ्सिर ८ गते सबै स्थानीय तहमा एकैसाथ जिल्ला प्रतिनिधिको उपस्तिथिमा भेला गर्ने निर्णय गरेको पार्टी सचीव तथा प्रबक्ता बिस्नु सापकोटाले बताइन ।

सम्मेलन सफल बनाउन पार्टी जिल्ला कार्यसमिति, तरुण दल, नेबिसघ लगायतका भातृसंगठन परिचालन गरिने सापकोटाले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend