साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर ३।
कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित सनिवार देखि सुरु भएको प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलाको तेश्रो दिन विविध प्रतियोगीतात्मक कार्यक्रम तथा कलाकारहरुको प्रस्तुति सम्पन्न भएको छ।
अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सम्पन्न भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगीता सुरु भएको छ। खुल्ला नृत्य प्रतियोगीता तर्फ विनिता वुढाथोकी प्रथम, आशिष परियार द्धितिय तथा त्रिभुवन माविका हिरा थापा तृतिय तथा मुना काउचा सान्तोना भएका छन्। त्यस्तै मावि स्तरीय बक्तृत्वकला प्रतियोगीतामा भानु माविका शिखा धिताल प्रथम, त्रिभुवन नमुना माविका अञ्जु गिरी द्धितिय तथा भिमगिठे माविका मनसुन परियार तृतिय भएका छन्। सोमबारको कार्यक्रममा राष्ट्रिय कलाकार विमलराज क्षेत्रि, कालिका रोका, हाँस्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगाएतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।
मंगलवारको कार्यक्रममा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता, बडिगाड आइडलको दोश्रो चरणको प्रतिस्पर्धा, हाप म्याराथुन, खुल्ला लोक दोहोरी प्रतियोगिता, साँस्कृतिक कार्यक्रम लगाएतका कार्यक्रम रहेका छन्। मंगलवार नै कलाकारहरु खड्क गर्वुजा, कालिका रोका, थानेश्वर गौतम लगाएतको प्रस्तुती रहने महोत्सव मुल समारोह समितिका उपाध्यक्ष कृष्ण भट्टराईले वताउनु भएको छ।
बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend