logo
  • शनिबार, साउन ९ २०८३

प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते नेपाल पुलिसले जित्याे


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल, बागलुङ मंसिर ३ ।
नेपाल पुलिस क्लवले १० स्वर्ण, ३ रजत तथा १ काश्य पदक सहित प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतयोगीतामा प्रथम हुन सफल भएको छ।प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को अवसरमा बडिगाड गाउँपालिकाको खार वजारमा आयोजित प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीतामा नेपाल पुलिस क्लवले प्रथम हुँदै ७५ हजार हात पारेको हो।त्यस्तै प्रतियोगीतामा शसस्त्र प्रहरी बलले ५ स्वर्ण, ५ रजत तथा ४ काश्य पदक सहित द्धितिय स्थान हासिल गरि ५० हजार हात पारेको छ। आयोजक बडिगाड डोजोले २ स्वर्ण, १ रजत र ३ काश्य पदक सहित तृतिय स्थान हासिल गरि २५ हजारमा चित्त वुझाएको छ।
प्रतियोगीतामा पुरुष खेलाडि तर्फ बडिगाड डोजोका ६७ केजिमा नविन रसायली, महिला खेलाडि तर्फ सशस्त्र प्रहरी वलका ५० केजिमा नविना श्रेष्ठ उत्कृष्ट खेलाडी भएका छन्। बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजना मंसिर १ देखि ३ सम्म भएको सो प्रतियोगीतामा विभागिय टिम नेपाल प्रहरी र सशस्त्र प्रहरी वल तथा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि १० समुहको सहभागिता रहेकोे थियो। प्रतियोगितामा देश भरवाट ३ सय वढि खेलाडि, २२ जना प्रशिक्षक, अन्तराष्ट्रि १२ र राष्ट्रिय ३८ गरि जम्मा ५० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको थियो।कार्यक्रममा प्रतियोगीतालाई सहयोग गर्ने खेल संग सम्बद्ध तथा सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको कराँते कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिनुभएको छ।कार्यक्रममा जापानी प्रशिक्षकको समेत सहभागिता रहेको थियो। प्रतियोगीताको लागि वडिगाड गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend