logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड खोलामा भेटिएको शव पहिचान, गुल्मी की ८२ वर्षिय वृद्ध भएको पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ०३।
बडिगाड गाउँपालिकाको वडा नं.५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ।

गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोलामा मृत भेटिएकि थिइन्।

दिसापिसावको लागी खोलाको किनारमा गएकि वृद्धको ढुंगामा चिप्लिएर खोलामा खसि ज्यान गएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिनुभएको छ। वृद्ध जिसिको शव पोष्टमार्टम पछि परिवारले वुझि लिएको प्रहरी निरिक्षक यादवले जानकारी दिनुभयो।

मृतक जिसिका छोरा डिवि जिसि मुसिकोट नगरपालिकामा स्वास्थ्य इचार्जको रुपमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend