logo
  • शनिबार, साउन ९ २०८३

सरकारको बाटो शुसासन र समृद्धि भएको मन्त्री अधिकारीको दावी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल, बागलुङ मंसिर १ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले सरकारको बाटो जनचाहना अनुसार शुसासन र समृद्धि भएको बताउनु भएको छ । सनिवारबाट बागलुङको ग्वालीचौरमा शुरु भएको प्रथम वडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को उद्घाटन गर्दे मन्त्री अधिकारीले सत्ता पक्षले काम गर्न दिएन भन्ने र प्रतिपक्षले काम गर्न सकेन भन्ने वेला नभएको भन्दै सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्नुपर्ने वताउनु भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै मन्त्रि अधिकारीले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनलाई मुक्तिनाथ सम्म जोडि धार्मिक पर्यटन प्रवद्र्धन गर्न सरकार अगाडि वढेको जानकारी दिनुभयो।

आफूहरुले निर्वाचनमा गरेको वाचा पुरा गरेरै छोड्ने भन्दै मन्त्रि अधिकारीले दिर्घकालिन परिणाम देखाउने गरि बर्तमान सरकारले काम गरिरहेको दावी गर्नुभयो।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं. २ का संघिय सांसद देवेन्द्र पौडेलले, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, पत्रकार विमल गौतम, नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र वहादुर थापा लगाएतले मेला महोत्सवले आन्तरीक पर्यटन भित्राउन मद्दत पुग्ने बताउनुभएको थियो ।

उद्घाटन कार्याक्रममा बडिगाड खोलाको असला माछा, रणसिंहको भिरमौरि तथा मह, कुमाल जातीको लोप उन्मुख हेम्फै नाच, पौंदिवासीको न्वागी, शिसाखानीको सति घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगाएतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमति वाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढि प्रजातिका जडिवुटि, खानीका स्लेट ढुंगा, कृषि लगाएतको प्रदर्शन गरिएको थियो। बडिगाड भित्रका प्रत्येक वडाहरुवाट झाँकी सहित आएको र्यालीले खार वजार ढपक्कै ढाकेको थियो।

कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो। मेलामा उपस्थित सवैलाई न्वागी खुवाइएको थियो। आजै अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीताको पनि उद्घाटन गरिएको छ। कराँते प्रतियोगीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ७ प्रदेश तथा आयोजक गरि ११ समुहको सहभागिता रहेको छ।

त्यस्तै आजको कार्यक्रममा राष्ट्रिय कलाकार बम वहादुर कार्कि, शिवा आले लगाएतको प्रस्तुतीले दर्शकलाई नचाएको थियो। नौमति वाजा प्रतियोगीतामा ११ समुहको सहभागिता भएको छ। साँझ अवेर मात्रै नौमति वाजा प्रतियोगीता सकिएको हो।

उद्घाटन कार्यक्रम संस्कृति प्रवद्र्धन केन्द्र बडिगाड का अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण भट्टराईको स्वागत मन्तव्य तथा सचिव विष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य प्रवद्र्धकको रुपमा बडिगाड गाउँपालिका रहेको छ ।

मंसिरको ९ गते सम्म चल्ने सो महोत्सवमा झण्डै ३ करोडको कारोवार हुने अपेक्षा गरिएको छ। स्थानिय प्रतिभालाई प्रोत्साहन गर्न बडिगाड आइडल, शैक्षिक प्रदर्शनी, बक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम समेत संचालन हुँदैछन्।

महोत्सवकै अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल, अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता लगाएतका राष्ट्रिय कार्यक्रम संचालन गरिने भएका छन्। बडिगाड गाउँपालिका तथा पौंदि क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो।

कार्यक्रमको मंसिर ९ गते गण्डकि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले समापन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय स्तरमा ख्यातीप्राप्त दुई दर्जन बढि कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सवमा दर्शकहरुको लागि प्रतिव्यक्ति २० रुपैयाँको टिकट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend